तुलसीको बोट नजिकै राख्नुहुँदैन यी वस्तु

हिन्दु धर्मअनुसार तुलसीको बोटमा लक्ष्मीको बास हुन्छ । धार्मिक ग्रन्थहरुका अनुसार तुलसीलाई दैनिक जल चढाउनु निकै शुभ मानिन्छ । वास्तुशास्त्रमा पनि तुलसीको धेरै महत्व छ ।

घरमा तुलसीको विरुवा रोप्दा समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ । तर, धेरैपटक तुलसीसँग सम्बन्धित केही वास्तु नियमहरु पालना नगर्दा धेरै समस्याको सामना गर्नुपर्ने पनि हुन्छ । त्यसैले अबदेखि केहि वस्तु लसीको बोट नजिक नराख्नुहोला ।

तुलसीको बोटलाई पवित्र मानिन्छ । त्यसैले, जहाँ यो विरुवा राखिएको छ, सकेसम्म यसलाई सफा गर्नुहोस् । तुलसीको बोटको छेउमा कुनै किसिमको फोहोर राख्नु हुँदैन । वरपरको क्षेत्र सफा राख्नुहोस् । तुलसी नजिकै फोहोर नराख्नुहोस् ।

वास्तुशास्त्र अनुसार तुलसीको विरुवाको छेउमा कुखुरा राख्नु हुँदैन । घरको सरसफाईमा झाडुको प्रयोग गरिन्छ । तुलसीको नजिक झाडु राख्नुहुँदैन । यदी त्यसो गरेमा घरमा गरिबी आउँछ ।

धेरैपटक मानिसहरुले तुलसीको बोटको छेउमा जुत्ता राख्छन् वा बाहिरबाट आएपछि नजिकैको चप्पल निकाल्छन् । तर यो पटक्कै गर्नुहुँदैन । किनभने तुलसीलाई पवित्र वनस्पति मानिन्छ । नजिकै फोहोर राख्दा नराम्रो असर पर्छ ।

वास्तुअनुसार घरमा काँडे विरुवा लगाउनु शुभ मानिदैन । तर, तपाईं गुलाब रोप्न सक्नुहुन्छ । वास्तुका अनुसार तुलसीको विरुवाको नजिक गुलाबको विरुवा नराख्दा नै राम्रो मानिन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित