कुण्डली (चिना) मिलान नगरी विवाह गर्दा के हुन्छ ?

हिन्दु धर्ममा विवाहलाई जन्म जन्मान्तरको साथ मानिन्छ, त्यसैले विवाह गर्नु अघि वर र वधुको कुण्डली मिलाएर योग र गुण मिलाउने प्रथा छ ।

ज्योतिषीय मिलापक खाली परम्पराको निर्वाह गर्नु मात्रै होइन, यसले दम्पतिको स्वाभाव, गुण, प्रेम सम्बन्ध, एक आपसमा हुने व्यवहार, सन्तान सुख भावी दाम्पत्य जीवन सफल हुन्छ वा हुँदैन भन्ने जस्ता प्रश्नको जवाफ पाउन सकिन्छ ।

जन्मेको समयलाई आधार मानेर ग्रह नक्षत्र राशि, ग्रहको प्रभाव अष्टकुटर (गण, नाडी, योनी, भकुट, वर्ण, वश्य, तारा, ग्रहमैत्री) हेरिन्छ । मंगल दिष छ कि छैन, गुरु सूर्यको स्थिति हेरेर विवरण दिईन्छ ।

चिनामा परेको दोषनिवारणका उपाय नगर्दा दोषले दिने दुस्प्रभाव भोग्नै पर्दछ । त्यस्ता दुस्प्रभाव बिवाह विच्छेद, वंश परम्परा अगाडी नबढ्नु, सन्तानमा हानि गर्नु इत्यादि हुन् । जस्तैः योनि दोषले वैवाहिक पक्षमा विभेदता ल्याउँछ । एकअर्काको कुरो नमिल्दा व्यवहार सञ्चालनमा समस्या आउँछ ।

षडाष्टक अर्थात पति वा पत्निको राशीबाट एक अर्काको राशीमा छैंटौ वा आठौँ परेमा पनि व्यवहारिक जीवनमा समस्या आउँछ । यद्यपि पितृ षडाष्टक परेमा बिवाह गर्नुहुँदैन ।

यदि केटा केटीको संस्कार, संस्कृति, रितितरिवाज, रगत समूह मिल्दछ भने राम्रो ज्योतिषसँग परामर्श गरेर विवाह गर्दा हुने भए विवाह गर्न सकिन्छ ।

लेखकको बारेमा

ज्योतिष स्मारीका आचार्य
ज्योतिष स्मारीका आचार्य
बाल्मीकि बिद्यापिठबाट ज्योतिष शास्त्रको अध्ययन गरेकी ज्योतिष आचार्यले विगत ७ वर्षदेखि निरन्तर कुन्डली अध्ययन, निमार्ण, गुण मिलान, फलादेशका साथै फेस रिडिङ गर्दै आएकी छन् । उनी विगत् केही वर्षदेखि मानसिक विरामीलाई आध्यामिक परामर्श र सम्मोहनद्वारा उपचार गर्न सफल छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित