वास्तुअनुसार कुन दिशातर्फ हुनुपर्छ सिरानी ?

वास्तु शास्त्रमा सुत्ने बेला टाउको तथा खुट्टा राख्ने दिशा तय गरिएको छ । सही दिशामा सुत्दा शरीरलाई फाइदा हुने भनिएको छ ।

साथमा यसरी सुत्दा विभिन्न समस्याबाट पनि छुट्कारा पाउन सकिने शास्त्रमा उल्लेख छ । वास्तुका अनुसार सुत्ने बेला दक्षिण दिशातिर टाउको राख्नु राम्रो मानिन्छ । यस दिशामा सधैं टाउको राखेर सुत्दा विभिन्न लाभ पाउन सकिन्छ ।

सुत्ने बेला खुट्टा सधैं उत्तर दिशातिर राख्नु पर्दछ । यसबाहेक तपाईं पूर्वको दिशामा टाउको राखेर पनि सुत्न सक्नुहुन्छ । यो पनि राम्रो मानिन्छ ।

दक्षिण दिशामा टाउको राखेर सुत्दा सकारात्मक ऊर्जा प्राप्त हुने र मन पनि शान्त रहने बताइएको छ । वास्तुका अनुसार सही दिशाले तपाईंको मानसिक तथा शारीरिक स्वास्थ्यमा पनि असर पार्दछ ।

यही कारणले दक्षिण दिशामा सुत्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । त्यस्तै वास्तुमा दक्षिण दिशामा टाउको राखेर सुत्दा धन प्राप्तिको अवसर पनि बढ्छन् ।

तपाईंको जीवनमा खुशी आउँछ । साथमा शरीरलाई पनि ऊर्जावान बनाउँछ । वास्तुका अनुसार दक्षिण दिशामा टाउको राखेर सुत्दा निद्रा पनि राम्रो आउँछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित