तुलसीले दिने अनेक संकेत

तुलसीलाई हिन्दूधर्म दर्शनले निकै महत्वपूर्ण वनस्पतीको रुपमा लिएको छ । पछिल्लो समयमा वैज्ञानिकहरुले समेत तुलसीको प्रयोगले मानिसलाई फाइदा पु¥याउने स्वीकारेका छन् ।

तुलसीले सबैभन्दा बढी अक्सिजन दिन्छ, यसैले घरमा तुलसी हुनु फाइदाजनक हो । हिन्दू धर्मका अनुसार तुलसीले घरको अवस्थाको समेत जानकारी दिन्छ । तपाईको घर, परिवार या तपाईंमाथि कुनै पनि संकट आउन लागेको छ भने त्यसको सबैभन्दा पहिलो असर घरमा रोपिएको तुलसीको बोटमा पर्न जान्छ ।

तुलसीको बोटमा आएको परिवर्तनले तपाईको पारिवारिक वा व्यक्तिगत जीवनमा केही समस्या आउने नआउने विषयबारे जानकारी हुनसक्छ ।

पुराणहरुमा तुलसीको निकै महत्व रहेको उल्लेख भएको पाइन्छ । पुराण तथा शास्त्रका अनुसार जुन घरमा समस्या उत्पन्न हुनेवाला छ त्यस घरमा सैभन्दा पहिला लक्ष्मी अर्थात तुलसी ओइलाउँछ वा उग्लिन्छ ।

त्यस्तै तुलसीमा कालो दागाहरु देखा पर्दासमेत पारिवारिक संकट आउने संकत हुने बताइन्छ । दरिद्रता, अशान्ति र क्लेशका बीच लक्ष्मीको वास हुन्छ ।

ज्यातिषीका अनुसार यसको कारण बुध हो । बुधको प्रभाव हरियो रंगमा हुन्छ र बुधलाई रुख विरुवाको कारक ग्रह मानिएको छ । बुध यस्तो ग्रह हो जसमाथि अन्य ग्रहको नराम्रो प्रभाव पर्दछ ।

यदी कुनै ग्रहले अशुभ फल दिन्छ भने त्यसको अशुभ प्रभाव बुधको कारक वस्तुहरुमा पर्ने छ । यदी कुनै ग्रहले शुभ फल दिन्छ भने त्यसको शुभ प्रभाव हरिया रुख विरुवा बढ्दै जान्छन् भने बुधको प्रभावमा फल फूलमा पात तथा फल लाग्न जान्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित