कसरी पैदा भएका थिए गान्धारीका १०१ सन्तान ?

भगवान वेदव्यासद्वारा रचित महाभारतमा सम्पूर्ण धर्म, दर्शन, समाज, संस्कृति, युद्ध र ज्ञान–विज्ञानका कुराहरु उल्लेख छन्। महाभारतमा संस्कारका अधिकांश कुराहरु समावेश छन्।

षड्यन्त्रले भरिएको यस कहानीका गर्भमा धेरै रहस्यहरु छन्। जसले त्यस समयमा वास्तवमै यस्तो भएको थियो होला त भन्ने सोच्न बाध्य बनाउँछ। जस्तो गान्धारीका १०१ सन्तानसँग सम्बन्धित आश्चर्य पार्ने तथ्य।

सामान्यतयाः कुनै पनि महिलाले एक या जुम्ल्याहा बच्चालाई जन्म दिन्छन् । ३÷४ या ५ बच्चा जन्मिएका एकाध घटनाहरु सुन्न पाइन्छ। महाभारतकी नारी पात्र गान्धारीले १०० पुत्र र एक पुत्रीलाई एक साथ जन्म दिएकी थिईन। उनको सबैभन्दा जेठो सन्तान दुर्योधन महाभारतमा प्रमुख खलनायकको रुपमा चिनिन्छन। उनका पुत्रहरु कौरवको नामले चिनिन्छन्।

शास्त्रका अनुसार गन्धार नरेशकी पुत्री गान्धारी शिवको ठुलो भक्त थिईन। भगवान शिवले उनको तपस्याबाट प्रसन्न भएर १०० पुत्रका माता बन्ने वरदान दिएका थिए।

गान्धारीको विवाह विचित्रवीर्यको पुत्र धृतराष्ट्र (जो जन्म जात नै नेत्रहीन थिए)सँग भयो । जब गान्धारीले यस बारेमा थाहा पाए तब उनले पनि नेत्रहीन भएर पूरा जीवन व्यतीत गर्ने प्रतिज्ञा गरिन् र आफ्नो आँखामा सधैँको लागि पट्टि बाँधिन। धृतराष्ट्र आफ्नो भाई पाण्डूको सन्तान हुनुभन्दा अघि पुत्र लाभ गर्न चाहन्थे। त्यस समय ज्येष्ठ पुत्रलाई राजगद्दीमा राखिन्थ्यो।

गान्धारी गर्भवती भएको १० महिना बितिसक्दा पनि सन्तान पैदा भएन। पाण्डूकी पत्नी कुन्तीको गर्भबाट युधिष्ठिरको जन्म भएपछि गान्धारीलाई तीव्र घबराहट हुन् सुरु भयो। उनले आफ्नो पेटमा प्रहार गरी गर्भ निकालिन्, जसको परिणाम स्वरूप गर्भपात भयो र मांसपिण्ड बाहिर निस्क्यो।

तब हस्तिनापुरमा महर्षि व्यास आए र उनले गान्धारीलाई भने, “भगवान शिवको वरदान कहिल्यै व्यर्थ हुन् सक्दैन। त्यो मांसपिण्ड यता लिएर आउँ र तुरुन्तै सय कुण्ड तयार गर र तिनमा घ्युलाई भरिदेऊ।”

शास्त्रका अनुसार व्यासजीले मांसपिण्डमा अभिमन्त्रित जल छर्के, जसले त्यस पिण्ड औंला बराबर सय टुक्रा भए। उक्त टुक्रा गान्धारीद्वारा बनाइएको १०० कुण्डमा राखे। कुण्डलाई दुई वर्षपछि मात्र खोल्न आदेश दिएर उनी आफ्नो आश्रम गए। दुई वर्षपछि जब कुण्डहरु खोलियो तब त्यसबाट १०० पुत्र र १ पुत्रीले जन्म लिएको शास्त्रमा उल्लेख छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित