निकै चलाख हुन्छन् यी ५ राशिका महिलाहरु

हरेक मानिसमा कुनै न कुनै प्रकारको गुण वा क्षमता हुन्छ। मानिसको राशि अनुसार पनि उनीहरुको गुण र क्षमता फरक हुन्छ।

कुनै राशिका मानिस निकै चतुर, चलाख हुन्छन् भने कुनै राशिका मानिस सोझा र इमान्दार स्वभावका हुन्छन्। महिलाको सन्दर्भमा कुन-कुन राशि भएका महिला अधिक चलाक र बुद्धिमान हुन्छन् त ? चलाखीपूर्वक आफ्नो दिमाग प्रयोग गर्न सक्नु पनि एक कला हो। ज्योतिषशास्त्रका अनुसार यी राशिका महिलाहरु बुद्धिमान महिलाको श्रेणीमा पर्छन्।

सिंह राशि

राजाको समान जीवन बिताउन रुचाउने यस राशिका महिलाहरु सधै आफ्नो मिहेनत र बुद्धि विवेकमा विश्वास गर्छन्। थोरै ढिलो समझदारी देखाउने यस राशिका महिलाहरु कुनै कार्य गर्ने सोच राखे भने कुनै पनि स्थितिमा गरेरै छाड्छन्।

कन्या राशि

ज्योतिष शास्त्रका अनुसार कन्या राशिका महिलाहरु निकै बुद्धिमानी हुन्छन्। उचित परिस्थितिमा मात्र प्रतिक्रिया जनाउने यिनीहरूमा कुनै पनि स्थितिको सामान गर्न सक्ने क्षमता हुन्छ। आफ्नो विवेक र बुद्धिको उचित प्रयोग गर्न सक्षम यी महिलाहरु स्वभावले निकै असल पनि हुन्छन्।

तुला राशि

हरेक समस्याको सहजै समाधान निकाल्न सक्षम तुला राशिका महिलाहरु आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन्। यीनिहरु कुनै पनि समस्याको समाधान गर्न आफ्नो बुद्धि विवेक प्रयोग गर्छन्।

कुनै पनि समस्या उत्पन्न भएमा यस राशिका महिलाले हरेक किसिमले समाधान निकालेर नै चैनको सास फेर्छन्। यस राशिका महिलाहरु एकदमै मिलनसार मित्र मानिन्छन् ।

कुम्भ राशि

यस राशिका महिलाहरु सबैभन्दा बढी समझदार हुन्छन्। सधैं स्थिति अनुकूल नै निर्णय लिने यस राशिका महिलाहरु सबैभन्दा अलग सोंचका हुन्छन्।

रचनात्मक गुणले सम्पन्न यिनीहरू ज्ञानको धनि हुन्छन्। आफ्नो गहन ज्ञान तथा कुशल सोचको कारण यी महिला हरेक समस्याको कुनै न कुनै हल निकाल्न सफल हुन्छन्।

मीन राशि

मीन राशिलाई भावुक राशि भनिन्छ। यस राशिका महिलाहरु सधैं दिमागले काम लिने गर्छन्। यदि यिनीहरूमा कुनै एकदमै महान विचार छ भने त्यसमा हृदय देखि नै काम गर्छन् र त्यसलाई सबैको सामु ल्याउन अधिक मिहेनत गर्छन्। यस्ता महिलाहरुमा जस्तो सुकै अप्ठेरो परिस्थितिको पनि सामना गर्न सक्ने गुण हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित