मोटाउन के खाने ?

जहाँ आज एकातिर धेरै मानिस मोटोपनको शिकार भइरहेका छन् भने अर्कोतर्फ दुब्लोपनले पनि कतिपय मानिस आहत भइरहेका छन् । वजन कम हुनु पनि एक किसिमको स्वास्थ्य समस्या नै हो ।

दुध

दुध बोसो, कैल्शियम र भिटामिनको एकदमै राम्रो स्रोत हो । वजन बढाउन चाहनेका लागि दुध सर्वोत्तम आहार हो, यसलाई केरा वा आँपमा मिसाएर सेक बनाएर पिउन पनि सकिन्छ । साथै यसमा किसमिस वा बदाम मिसाएर पिउनु पनि वजन बढाउनलाई सुनमा सुगन्ध हुन्छ ।

फलफूल

वजन बढाउनका लागि केरा, आँप, मेवा, खरभुजा, अनार तथा स्याउ पनि एकदमै लाभदायक मानिन्छ । यी सबै फलफूल एनर्जी, भिटामिन, खनिज तथा पोषक तत्वका भण्डार हुन् । एक नम्बरमा भनिए जसरी दुधमा मिसाएर यी सबै फलफूलहरु खानाले मोटाउनमा मद्दत गर्छ ।

घ्यू, दही तथा पनिर

शरीरको वजनलाई बढाउनमा दुधबाट बनेका यस्ता परिकार पनि एकदमै लाभदायक हुन्छ । यसलाई उचित मात्रामा खाना र नास्तामा प्रयोग गर्नुसक्नुहुनेछ ।

ड्राई फ्रुट्स

बदाम, किसमिस, काजु, पिस्ता, मुंगफली जस्ता खानेकुराहरुमा कार्बोहाइड्रेट तथा पोषक तत्वहरु पाइन्छ । जसलाई तपाई गोजीमा वा पर्समा राखेर पनि हिँड्नसक्नुहुनेछ । ताकि, कामका समयमा पनि तपाई यी खानेकुरा खान सक्नुहुनेछ ।

मासु, माछा तथा अन्डा

यदि तपाई मांसाहारी हुनुहुन्छ भने माछामासु हाम्रो खानामा प्रयोग गर्न सक्नुहुनेछ । यसले मांसपेशी बनाउने काम गर्छ साथै शरीरका कोशिकाहरु बढाउने काम गर्छ । तर धेरै मात्रामा मासु खाँदा शरीरमा खराब कोलेस्ट्रोल बढ्न पनि सक्छ । त्यसैले यस्ता चीजहरु सही मात्रामा मात्र प्रयोग गर्नुहोस् ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित