विवाह गर्दै हुनुहुन्छ ? पहिले पार्टनरसँग सोध्नुस् यी ३ प्रश्न

तपाईं विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदी तपाईंले तत्काल विवाह गर्नेबारे सोच्नुभएको छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुस्, आफ्ना कुरा र उनका कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुस्।

यसरी खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईंको बैवाहिक अवस्था सुखद् बन्न जान्छ। विवाहलाई लिएर मानिसले केही खालका सपना देखेका हुन्छन्।

सबै आफ्नो विवाहलाई यादगार बनाउनका लागि खानादेखि विवाहको स्थानसम्मको पूरा योजना बनाउँछन्।

जो व्यक्तिसँग आफ्नो पूरा जीवन जिउने अवस्था बनेको हुन्छ उसँग हरेर विषयमा खुलस्त भएर कुरा गर्न र विवाह भन्दा पहिला केही प्रश्नहरु गर्न आवश्यक हुन्छ। ताकि विवाहभन्दा पहिला एक अर्कालाई राम्रोसँग बुझ्न सहज हुन्छ।

आर्थिक अवस्था

विवाहभन्दा पहिला कयौं पार्टनरसँग यो सवाल सोध्न चाहन्छन् तर चाहेर पनि यो सोध्न सक्दैनन्। किनकी धेरैलाई पैसा सम्बन्धी धेरै कुरा सोध्न र बुझ्न डर लाग्छ। तर विवाह भन्दा पहिला आफ्नो पार्टनरको आर्थिक अवस्थाबारे जानकारी लिन आवश्यक छ।

फ्यामिलि प्लानिङ

विवाहभन्दा पहिला पार्टनरसँग फ्यामेलि प्लानिङका बारेमा कुरा गर्नुहोस्। जब दुई मध्ये एक व्यक्तिलाई बच्चा चाँढो चाहिएको छ भने यस विषयमा विवाह भन्दा पहिला कुरा गर्नु आवश्यक हुन्छ। तपाईलाई कहिले बच्चाको बारेमा सोच्न जरुरी हुन्छ भन्ने विषयमा प्रष्ट हुनु जरुरी हुन्छ।

बानीव्यहोरा

विवाहभन्दा पहिला आफ्नो पार्टनरको बानीव्यहोराबारे जानकारी लिन जरुरी हुन्छ। प्रेम सम्बन्ध भएकाहरुले बानीव्यहोराबारे जानकार भएको भएपनि मागी विवाह गर्नेले आफ्नो पार्टरको बानी व्यहोरा थाहा नपाएको हुनसक्छ।

त्यसलै उसलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा थाहा पाएको खण्डमा सहज हुन जान्छ। यसरी पार्टनरको बानी व्यहोराबारे जानकारी लिँदा दाम्पत्य जीवनलाई राम्रो बनाउन सकिन्छ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित