दुधमा बेसार मिसाएर पिउँदा हुन्छन यी १२ फाइदा

बेसारलाई छाला, पेट तथा अन्य रोगका लागि प्रयोग गर्न सकिन्छ । त्यसैले त आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टीबायोटिक भनेर व्याख्या गरिएको छ ।

हाम्रो समाजमा पनि चाहे शरीरको कुनै दुखाईमा होस्, चिसो हुँदा वा सुत्केरीलाई दुखाई कम गर्न तथा अन्य समस्याका लागि बेसार खुवाउने गरिन्छ । दुधमा पनि प्राकृतिक एन्टीबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ ।

यदी बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई अझ धेरै फाइदा हुने गर्दछ । जानौं न त ती फाइदा कस्ता छन्

  • दैनिक रुपमा एक गिलास दुधमा आधा चम्चा बेसार मिसाएर खाँदा प्रयाप्त मात्रामा क्याल्सियम प्राप्त हुन्छ । जसका कारण हड्डी स्वस्थ तथा बलियो हुन्छ ।
  • बेसार र दुध मिसाएर खाँदा शरीरका जोर्नी दुख्ने समस्या हट्छ ।
  • दुध र बेसारको प्रयोगले हाम्रो शरीरमा भएका हानिकारक तत्व बाहिर निस्कन्छन् । विशेषगरी रगतमा भएको हानिकारक तत्व तथा कलेजोलाई सफा राख्न बेसार र दुधले सहयोग गर्दछ ।
  • बेसार हालेको दुध खाने हो भने क्यान्सरका कारण मानव कोषमा भएको डिएनएमा पर्ने असर वा हानीलाई रोक्दछ भन्ने एउटा अध्ययनले देखाएको छ । यस बाहेक क्यान्सर उपचारमा प्रयोग गरिने केमोथेरापी प्रविधिको साइड इफेक्टलाई कम गर्दछ ।
  • दुध र बेसार सेवनले कान दुख्ने समस्या पनि समाधान हुन्छ । शरीरमा रक्त सञ्चारलाई बढाएर कान दुख्ने पीडा कम हुने गर्दछ ।
  • अनुहारलाई चम्किलो बनाउन बेसार तथा दुधले सहयोग गर्दछ । बेसारमा दुध मिलाएर अनुहारमा लगाउने हो भने छाला चम्किलो हुन्छ ।
  • आयुर्वेद अनुसार बेसारको प्रयोगले हाम्रो रगत सफा हुन्छ । यसले रक्तसञ्चारलाई मजबुत बनाउनुका साथै रक्तनलीलाई सफा राख्दछ । यसबाहेक रगत पातलो बनाउन पनि सहयोग गर्दछ ।
  • दैनिक एक गिलास दुधमा आधा चम्चा बेसार मिलाएर पिउने हो भने शरीरमा भएको अनावश्यक बोसो कम हुन्छ । यसकारण मोटोपन घटाउन पनि बेसार र दुधको प्रयोग गर्न सकिन्छ ।
  • छालासम्बन्धी विभिन्न समस्याबाट छुट्कारा पाउनका लागि बेसार हालेको दुध उपयोगी मानिन्छ ।
  • दुध र बेसार मिलाएर सेवन गर्दा पेटसम्बन्धी विभिन्न रोग निको हुन्छन् । पखाला लाग्ने, पेट दुख्ने, ग्याष्ट्रिक तथा अल्सर जस्ता समस्याबाट पीडित विरामीलाई बेसार अमृत समान मानिन्छ ।
  • महिनावारी भएको बेलामा पेट दुख्ने समस्याबाट मुक्त हुन बेसार र दुध प्रयोग गर्न सकिन्छ । साथै गर्भवती अवस्थामा रगत बग्ने समस्यालाई पनि कम गर्दछ । सुत्केरी भएपछि सामान्य अवस्थामा छिटो फर्कन पनि दुध तथा बेसारले सहयोग गर्दछ ।
  • चिसोका कारण रुघाखोकी लाग्ने मानिसले बेसार तथा दुध मिसाएर खाने हो भने चाँडो निको हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित