यी ७ ट्रिक्स, जसले तपाईंलाई अरुको मन पढ्न सघाउँछ

हामी दैनिक विभिन्न खालका व्यक्तिहरुसँग भेट्ने गर्छौं । तर एकदमै छिट्टै अगाडिको व्यक्तिको दिमागमा के चलिरहेको छ त्यसलाई थाहा पाउन सक्दैनौं ।

यस्तोमा तपाईं पनि यस्तै समस्यामा पर्नुभएको छ भने हामी आज केही त्यस्ता टिप्सहरु बताउछौँ जसले तपाईं अगाडिको व्यक्तिको दिमाग पढ्न सक्छौं ।

खुट्टामा ध्यान दिने

यदी तपाईं कसैसँग बसेर कुराकानी गरिरहनुभएको छ र अगाडिको व्यक्तिको खुट्टा ढोकातिर फर्किरहेको छ भने यसको अर्थ हुन्छ ऊ तपाईंसँग कुरा गर्नमा त्यति इच्छुक छैन ।

हातको क्रियाकलाप

यदी कुरा गरिरहेको बेला अगाडिको व्यक्तिले हातहरुलाई लुकाएर उभिएको छ भने यसको अर्थ हुन्छ उसले झुठ बोलिरहेको हुनसक्छ ।

चिउँडोमा ध्यान दिने

यदी कोही व्यक्तिले हातलाई आफ्नो चिउँडोको तल राखिरहेको छ भने उसको दिमागमा कुनै प्रश्न हुन सक्छ वा तपाईंले गरिरहेको प्रश्नका बारेमा उसले केही जवाफ दिनका लागि सोंचिरहेको छ ।

आँखामा ध्यान दिने

यदी कुराकानीको क्रममा अगाडिको व्यक्तिले तपाईंको आँखामा हेरिरहेको छैन भने हुनसक्छ उसले तपाईंसँग केही लुकाउन खोजिरहेको छ । वा तपाईंसँग कुरा गर्दा लजाइरहेको पनि हुनसक्छ ।

आँखा जुधाउने

यदी कसैले कुरा गर्ने क्रममा तपाईंको आँखामा आँखा जुधाइरहेको छ र मुस्कुराइरहेको छ भने उसलाई तपाईंसँग कुरा गर्न मन लागिरहेको छ । वा उसलाई तपाईंको कुराप्रति रुची छ ।

शारीरिक हाउभाउ

यदी कोही व्यक्तिसँग कुराकानीको क्रममा ऊ तपाईंतिर झुकेर कुरा सुनिरहेको छ भने यसको अर्थ हुन्छ उसलाई तपाईंसँग कुराकानी गर्न मन परेको छ ।

उल्टो दिशामा फर्कनु

यदी कोही व्यक्तिले तपाईंसँग कुरा गरिरहेको बेला अर्को दिशातिर फर्कन्छ भने उसलाई तपाईंको कुराप्रति कुनै चासो छैन । ऊ आफ्नो कुरा राखेर हिँड्ने हतारमा छ भन्ने बुझ्नुपर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित