किन बारम्बार डकार आइरहन्छ ?

खाना खाएपछि डकार आउनुलाई पाचनसँग जोडेर हेर्ने गरिन्छ । तर, बिनाकारण बारम्बार डकार आउनु भने चिन्ताको विषय हो ।

  • कतिपय समय खानपानका कारण पनि डकार आउने गर्छ । तेल धेरै भएको खाना, चिसो पेय पदार्थ, जस्ता खानेकुराले पेटमा ग्यास उत्पन्न हुन्छ । यी खानाहरुका कारण पनि हुनसक्छ । यी चीजहरु रातमा नखाएको राम्रो ।
  • लामो समय कब्जियतको समस्या भएका कारण पनि अत्यधिक डकार आउने गर्छ । यो पनि एक प्रमुख कारण हुनसक्छ । यस अवस्थामा तपाईंलाई कब्जियको उपचार गर्नुपर्ने हुन्छ ।
  • बारम्बार डकार आउनुको अर्को कारण अपच पनि हो । तपाईंले खाएको खाना राम्रोसँग पाचन हुन नसक्दा यस्तो समस्या देखिने गर्छ ।
  • कहिलेकाँही सानोसानो कारणले पनि पेटमा ग्यास पैदा हुने गर्छ जसले गर्दा अन्य समस्याले जन्म लिन्छन् । जस्तै गिलासबाट पानी नपिएर माथिबाट पिउनु, खाना खाँदा कुरा गर्नु, चुइगम चपाईरहनु आदि कारणले पनि पेटमा हावा जम्मा हुने गर्छ । यसलाई ऐरोफेस भनिन्छ । जसकारण डकार आइरहन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित