घरको कुन दिशामा राख्ने घडी ?

सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ । वास्तुशास्त्रमा घरमा सबै चीजहरू राख्ने दिशा बताइएको छ । वास्तुशास्त्रको नियम पालना नगर्दा मानिसले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

वास्तुशास्त्रका अनुसार घरको भित्तामा झुण्डिएको घडीले मानिसको जीवनमा गहिरो प्रभाव पार्छ । भनिन्छ कि घडी घरको आर्थिक अवस्थासँग जोडिएको हुन्छ ।

यदि तपाईं आफ्नो घर वा अफिसमा घडी जडान गर्दै हुनुहुन्छ भने, त्यसअघि तपाईंले वास्तुशास्त्रका नियमहरू जान्नु आवश्यक छ ।

घरको उत्तर वा पूर्व भित्तामा घडी राख्नु धेरै शुभ मानिन्छ । मान्यताका अनुसार यी दिशाहरूले सकारात्मक ऊर्जालाई आकर्षित गर्छ ।

गल्तीले पनि घरको दक्षिण दिशामा घडी राख्नु हुँदैन । वास्तुशास्त्रमा यो दिशा घडीको लागि अशुभ मानिन्छ । किनभने यो यमको दिशा मानिन्छ । घडीलाई यस दिशामा राख्दा व्यापारमा बाधा पुग्ने विश्वास गरिन्छ ।

घडीलाई मानव जीवनको प्रगतिसँग जोडिएको देखिन्छ । रोकिएको घडीले जीवनमा धेरै प्रकारका बाधाहरू निम्त्याउँछ । वास्तुशास्त्र अनुसार घरमा टुटेको, बिग्रिएको वा रोकिएको घडी राख्नु हुँदैन ।

घरमा समय समयमा घडी सफा गर्नुहोस् । वास्तुका अनुसार त्यो घडी जसको आकार गोलो हुन्छ । त्यो घरको लागि राम्रो हुन्छ । त्यसैले घरमा एक गोल घडी अवश्य जडान गर्नुहोस् ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित