यी हुन् खुईलिएको तालुमा कपाल उमार्ने घरेलु तरिका

पहिला पहिला तालु खुईलिने समस्या बुढाबुढीमा मात्र देखिन्थ्यो तर हिजोआज किशोरकिशोरीमा पनि यस्तो समस्या देखिन थालेको छ ।

खानपान र जीवनशैलीका कारण कपाल झर्ने समस्याका कारण महिला र पुरुष दुबै तालु खुईलिने समस्याको शिकार भएका छन् । टाउकोमा कपाल कम हुँदा व्यक्ति कम उमेरमै ढल्केको देखिन थाल्छ ।

हिजोआज कैयौं वैज्ञानिक तरिका ट्रान्सप्लान्टेशन, स्टेम सेल, लेजर ट्रीटमेन्ट लगायतका उपाय आएका छन् जसले गंजापनको उपचार गर्न सकिन्छ ।

यी उपाय गर्नु सबैका लागि सुलभ नहुन सक्छ । धेरै खोज र प्रयोगबाट पत्ता लागेका घरेलु उपाय हामी तपाईलाई बताउनेछौं जसको मद्दतले खुईलिएको तालुमा कपाल उम्रिन थाल्नेछ । साथै कपाल झर्ने समस्या पनि रोक्नेछ ।

मेथी र दही

गंजापनको उपचारमा मेथी एकदमै फाइदाजनक सावित हुन्छ । मेथीलाई एक रात पानीमा भिजाएपछि दहीमा मिसाएर पेस्ट तयार गर्नुहोस् । मेथी र दहीको पेस्ट कपालको जरामा लगाउनुहोस् ।

यसलाई करीब एक घण्टासम्म रहन दिनुहोस् । यस्तो गर्दा कपालको जरामा भएको चाँया पनि कम हुन्छ र छालामा नयाँपन आउँछ । मेथीमा निकोटिनिक एसिड र प्रोटीन पाइन्छ जसले कपालको जरालाई पोषण दिन्छ साथै कपाल बढ्नमा पनि मद्दत गर्छ ।

मासको दालको पेस्ट

मासको बोक्रा नभएको दाललाई उमालेर पिस्नुहोस् । रातमा सुत्नुपूर्व यस लेपलाई कपालको जरामा लगाउनुहोस् । कपडा खराब नहोस्, यसको लागि टाउकोमा तौलिया बाँध्नुहोस् । यस्तो केही दिनसम्म लगातार गर्दा कपाल फेरि उम्रिन थाल्छ र गंजापन कम हुन्छ ।

हरियो धनियाँको पेस्ट

हरियो धनियाँको पेस्ट बनाएर कपाल झरेको ठाउँमा लगाउनुहोस् । यस्तो लगातार एक महिनासम्म गर्दा झरेको ठाउँमा कपाल फेरि आउन सुरु हुन्छ ।

केरा र कागती

एउटा केरामा कागतीको रस मिसाएर राम्रोसँग पेस्ट बनाउनुहोस् । उक्त पेस्टलाई टाउकोमा लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ । यस्तो गर्दा झरेको ठाउँमा कपाल उर्मन थाल्छ ।

प्याज पनि फाइदाजनक

ठूलो प्याज लिएर त्यसलाई दुई भागमा काट्नुहोस् । नुहाउनुपूर्व शीरको जुन हिस्सामा कपाल झरेको छ, त्यहीँ ठाउँमा आधा प्याजलाई ५ मिनेटसम्म रगड्नुहोस् । यस्तो लगातार केही दिन गर्दा कपाल झर्न बन्द हुन्छ साथै नयाँ कपाल पनि उम्रन थाल्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित