जान्नुहोस्, बदाम खानुका फाइदा

चिसो मौसम सुरु भैसकेको छ । यतिबेला अधिकांश मानिसलाई पारिलो घाम निक्कै प्रिय लाग्छ । काम र आवश्यकताले भ्याएसम्म यो चिसोमा घाम तापेर बस्ने गरेको पाईन्छ ।

यो चिसो मौसममा घाम जस्तै प्रिय अर्को चिज हो बदाम । यो मौसममा अधिकांशले घाममा बसेर बदाम खाने गरेका छन् । जाडोयाममा घाममा बसेर बदाम खानु आनन्ददायी मात्रै होईन् फाईदाजनक पनि छ ।

बदाम सेवनले थोरै मात्राले पनि पेट भरिएको महसुस हुने भएकाले अन्य क्यालोरियुक्त चिल्लो पर्दाथ भएको खानेकुरा खाने इच्छा हुँदैन । त्यसैले मोटो मानिसलाई यसले लाभ पुर्‍याउँछ ।

बदाम खाँदा तौल घट्ने अनुसन्धानले देखाएको छ । अर्को कुरा बदामको सेवनले क्यान्सरजस्तो प्राणघातक रोगको खतराबाट समेत जोगाने तथ्य सार्वजनिक भएको छ । बदाममा हुने फाइटोस्टेरोल नामक तत्वले ट्युमरसमेत नियन्त्रण गर्दछ ।

यस्तै बदाममा हुने अंसतृप्त फ्याटी एसिडले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्छ । यसका साथै बदाम सेवनले विभिन्न प्रकारका रोगको जोखिमबाट समेत बचाउने गर्दछ ।

बदाम हुने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्ने गर्दछ । तसर्थ बदाम मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ । यसले मधुमेहको समस्याबाट समेत जोगाउँछ ।

बदाममा पाइने ट्राइपटोफन नामक तत्वले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ । यसैले बदाम सेवन डिप्रेसन रोगीका लागि पनि उपयोगी मानिन्छ । तसर्थ डिप्रेसनका बिरामीले स्ट्रेस र तनाव कम गर्न दैनिक एक मुठी बदाम खानु उत्तम हुन्छ ।

बदामको नियमित सेवनले छालामा चमक ल्याउने, बुढ्यौलीपना कमी गर्ने, छाला चाउरी पर्न नदिन तथा अनुहार र शरीरमा आउने दाग नियन्त्रण गर्न उपयोगी मानिन्छ ।

साथै, बदाममा कपाल राम्रो बनाउने पोषणयुक्त तत्व भेटिन्छन् । जसले कपाल वृद्धि गर्ने र कपाल झर्नबाट समेत जोगाउँछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित