ब्लडप्रेसर सन्तुलनमा राख्न उपयोगी काँक्राको जुस

ब्लड प्रेसर बढ्दा मुटु र किड्नी सम्बन्धी बिरामी बढ्ने खतरा पनि बढ्छ । उच्च रक्तचापका बिरामीलाई हृदयघात, पक्षघात, किड्नी फेल, कार्डियक अरेस्ट आदिको खतरा हुन्छ ।

त्यसैले उच्च रक्तचापको समस्या भएकाले आफ्नो खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । उनीहरुलाई त्यस्तो आहारबाट बच्नुपर्छ जसले उच्च रक्तचाप हुन मद्दत गर्छ ।

केही खानपान यस्ता पनि छन् जसले उच्च रक्तचाप नियन्त्रित गर्न सकिन्छ । काँक्राको जुस पिउँदा तपाईको ब्लडप्रेसर कन्ट्रोल मात्र हुँदैन बरु तपाईको शरीरमा भएको टक्सीन्सलाई पनि बाहिर निकाल्ने काम गर्छ ।

काँक्रा एउटा यस्तो फल हो जसमा ९० प्रतिशत पानी हुन्छ त्यसैले गर्मीमा यसको सेवनले शरीरलाई धेरै किसिमका फाइदा पुग्छ ।

गर्मीमा काँक्रा खाँदा डिहाइड्रेशनबाट छुटकारा पाउन सकिन्छ र पेटमा सितलता प्रदान गर्छ । काँक्रामा भिटामिन्स, मिनरल्स र एन्टीअक्सीडेन्ट्स पाइन्छ जसले कैयौं रोगहरुबाट रक्षा गर्ने काम गर्छ ।

साथै काँक्रामा क्याल्सियम, नेट्रियम, पोटाशियम, कार्बोहाइड्रेट, फ्याट, फाइबर, ग्लूकोज, प्रोटीन, भिटामिन ए, भिटामिन बी ६, भिटामिन सी र भिटामिन डी पनि भरपूर मात्रामा हुन्छ ।

काँक्राको जुस सेवन गर्नु उच्च रक्तचापका विरामीको लागि एकदमै लाभदायक हुन्छ । यसको जुस नियमित सेवन गर्दा मुटु सम्बन्धी रोग र किड्नी सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।

ब्लड प्रेसरमा पोटाशियम भएको आहारको सेवन एकदमै फाइदाजनक हुन्छ । पोटाशियमले ब्लड प्रेसरलाई रेगुलेट गर्छ त्यसैले हाइपरटेन्शनका विरामीले यसको नियमित सेवन गर्नुपर्छ ।

एउटा ठूलो काँक्रामा लगभग ४४२ मिलीग्राम पोटाशियम पाइन्छ । आमरुपमा हामीलाई एक दिनमा ४७०० मिलीग्राम पोटाशियमको आवश्यकता पर्दछ ।

सोडियमलाई ब्लड प्रेसरको दुश्मन मानिन्छ । काँक्रामा सोडियम एकदमै कम हुन्छ त्यसैले ब्लड प्रेसरका विरामीले यसलाई आरामले खान सक्छन् ।

जुस बनाउनका लागि जरुरी सामाग्री

  • ३ मध्यम आकारका काँक्रा
  • पानी आवश्यकताअनुसार
  • कागतीको रस

कसरी बनाउने जुस ?

  • सबैभन्दा पहिला काँक्राको बोक्रा ताछेर सानो सानो टुक्रामा काट्नुहोस् ।
  • काँक्राका ती टुक्रालाई ब्लेन्डरमा राख्नुहोस् र दुई मिनेटसम्म राम्रोसँग ब्लेन्ड गर्नुहोस् ।
  • ब्लेन्ड गरेपछि यसलाई कुनै भाँडोमा सुतीको कपडामा राखेर दबाएर रस निकाल्नुहोस् ।
  • यदी रस धेरै गाढा छ भने त्यसमा आवश्यकताअनुसार पानी मिसाउनुहोस् ।
  • जुसमा एक चम्चा कागतीको रस मिलाएर पिउनुहोस् ।

काँक्राको जुसले शरीरमा इन्सुलिन बनाउन मद्दत गर्छ । यसमा भएको स्टेराल्स नामको तत्व कोलेस्ट्रोल घटाउन पनि मद्दत गर्छ । काँक्रामा पोटाशियम, फाइबर र म्याग्नेशियम भरपूर मात्रामा पाइन्छ । यी तत्वले ब्लड प्रेसरलाई नियन्त्रित गर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित