पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन कल्पना गर्न सम्म सकिँदैन । तसर्थ हामीले बेलाबेलामा पानी पिइरहनु पर्दछ । तर कतिसम्म र कसरी पानी खाने ?
आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यसैले सानो शरीर भएकाहरूले प्रतिदिन ३ लिटर र ठूलो ज्यान भएकाहरूले ४ लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।
कस्तो अवस्थामा पानी नखाने ?
- कतै बाहिरबाट हिँडेर आउनासाथ
- कुनै काम गर्दा बेस्कन थाकेको बेला
- कुनै व्यायाम वा खेलपछि असिनपसिन भएको बेला
- कुनै पनि कडा शारीरिक श्रम गरेर आउनसाथ
- ओच्छ्यानमा पल्टिएको बेला
- दिसा वा पिसाब गरेर आउनासाथ
- दूध खाइरहेको बेलामा
- चिया खादैँ गरेको बेलामा
- चना खाइरहेको बेलामा
- कुनै पनि भोजन गरिरहेको बेला
- भोजन गरी सक्ने बित्तिकै
- व्रत सकिनासाथ एकै पटक धेरै पानी नपिउने
यस्ता काम गरेको केही समयपछि र व्रत सकिनासाथ थोरै पानी पिउने र बिस्तारै मात्रा बढाउँदै लैजानुपर्दछ ।