बुढो भइने डरले सताइरहेको छ ? यसो गर्नुहोस्

मन्छे होस् वा कुनै जनावर हरेकको छुट्टा छुट्टै औसत आयु छ । जन्मिएपछि हरेक दिन प्रणाली बुढ्यौलीतर्फ अनवरत रूपमा बढिरहन्छ ।

स्वास्थ्य क्षेत्रमा भएका प्रगतिले मानिसहरुको औसत आयु बढाउन मद्दत गरिरहेको छ । तर आधुनिक जीवनशैलीमा हामीहरुले जस्तो खालको खान–पान र जीवनशैली अपनाइरहेका छौं । त्यसले गर्दा औसत आयुसम्मको जीवन पनि बाँच्न नसक्नेको संख्या बढिरहेको छ ।

अस्वस्थकर खानपान, धूम्रपान, रक्सीको सेवन, गतिहीन जीवनशैली, तनावजस्ता कयौँ तत्त्वहरू यसमा जिम्मेवार छन् ।

चिन्ताको कुरा चाँहि के भइदिएको छ भने मान्छेहरू कम उमेरमै बुढो देखिन थालेका छन् । तर विज्ञानले चाँहि कम उमेरमै बुढो देखिनबाट तपाईँले आफूलाई बचाउन सक्नु हुन्छ भनेर भन्छ ।

अमेरिकी हर्ट एसोसियशनले बायोलोजिकल उमेरलाई सुस्त पार्न ८ सामान्य सूत्र बताएको छ । यी बानीहरुलाई अपनाउने हो भने व्यक्तिले बुढो देखिने औसत आयुलाई पर धकेल्न सक्छ । अर्थात् जवानीको दिनलाई बढाउन सक्छ ।

अमेरिकी हर्ट एसोसियशनले ६ हजार ५०० मान्छेको डेटा विश्लेषण गरेर यो सूत्र तयार पारेको हो । मान्छेको मुटु जति बलियो छ, उसको बायोलोजिकल उमेर त्यति नै कम हुने अध्ययनमा पाइएको थियो ।

तपाईँको उमेर ४१ वर्ष भइसकेको छ । तर तपाईँको कार्डियोभस्कुलर सिष्टम बलियो छ भने तपाई ३६ वर्षको देखिनु हुनेछ । अर्थात् शरीरको भित्री अंग भने अहिले पनि ३६ वर्ष बराबर हुनेछ ।

यसमा व्यक्तिको मेटाबोलिज्म कस्तो छ ? शरीरको अंगले कसरी काम गरिरहेको छ ? इन्फ्लामेशनको दर के छ ? ग्लुकोज कति छ ? सी रिएक्टिभ प्रोटिन कति छ आदि कुरालाई पनि हेरिएको थियो । यस क्रममा बुढ्यौलीको असरलाई ८ तरिकाले कम गर्न सकिने पाइएको छ ।

  • अमेरिकन हर्ट एसोसिएशनका अनुसार जो व्यक्ति राम्रोसँग निदाउँछ वा जसलाई आरामदायक निद्रा आउँछ उसको बायोलोजिकल उमेर वास्तविक उमेरभन्दा कम हुनेछ ।
  • धूम्रपानका कारण मान्छेको आयु घट्छ । त्यसैले जो व्यक्तिले धूम्रपान गर्दैन उसले उमेरको असरलाई निश्चित रूपमा घटाउन सक्छ ।
  • नियमित रूपमा शारीरिक गतिविधि गर्ने (हप्तामा कम्तीमा पनि ५ दिन ३० मिनेटदेखि ४५ मिनेटसम्म) व्यक्तिमा उमेरको असर निकै कम हुनेछ । अनि यस्ता व्यक्ति छिटै बुढा हुँदैनन् ।
  • उमेरको असर घटाउन स्वस्थबद्र्धक आहार निकै जरुरी छ । हरियो पत्तेदार मौसमी तरकारी, ताजा फलफुल, सिंगै अन्न सबैभन्दा धेरै लाभदायक छ । यिनीहरुको सेवनको साथसाथै फाष्ट फुड, प्रोसेस्ड फुड, जंक फुड, प्याकेटमा आउने खानेकुराको सेवनबाट चाँहि टाढा रहने हो भने तपाई वास्तविक उमेर भन्दा कम देखिन सक्नु हुन्छ ।
  • मोटोपना कयौँ रोगको जड हो । त्यसैले तपाई पनि आफ्नो जवानीको दिनलाई अलि लम्ब्याउन चाहनु हुन्छ भने मोटोपना कम गर्नुस् । धेरै तौल बढ्न नदिनुस् ।
  • तपाईँको ब्लड सुगर नियन्त्रित छ भने उमेरको असर कम देखिन्छ । तपाई छिटै बुढो देखिनु हुन्न । ब्लड सुगरलाई नियन्त्रित स्तरमा राख्न स्वस्थबद्र्धक खानपान र नियमित व्यायाम निकै जरुरी चिज हो ।
  • हाई कोलेस्ट्रोल स्वास्थ्यको लागि ठूलो खतरा हो । तपाईँको खानपान स्वस्थबद्र्धक छैन अनि नियमित व्यायाम गर्नु हन्न भने कोलेस्ट्रोल बढ्छ । त्यसैले कुनै पनि हालतमा कोलेस्ट्रोल बढ्न नदिनु होला ।
  • उच्च रक्तचापलाई चुपचाप थाहै नदिई व्यक्तिको मृत्यु गराउने रोग अर्थात् साइलेन्ट किलर भनिन्छ । पछिल्लो समय अधिकांश मानिसहरुमा उच्च रक्तचापको समस्या छ । त्यसैले हरेक स्थितिमा ब्लड प्रेसरलाई नियन्त्रित स्तरमा राख्नुस् । यसलाई पनि नियमित व्यायाम र स्वस्थ खानपानमार्फत नियन्त्रणमा राख्न सकिन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित