यदी तपाईले ३० दिन गुलियो खानुभएन भने के हुन्छ ?

गुलियो धेरैलाई मन पर्छ । कसैले मिठाई वा चकलेटको रुपमा गुलियो खान्छन् भने कसैले आइसक्रिम वा सेकको रुपमा गुलियो खाइरहेका हुन्छन् । यदी तपाईले ३० दिन गुलियो नखानुहोस् त के हुन्छ ? आउनुहोस ७ बुँदामा जानाैँ :

  • गुलियो छोड्नुको सबैभन्दा ठूलो फाइदा त यो छ कि यसले वजन कम गर्छ भने मुटु पनि स्वस्थ रहन मद्दत पुग्छ ।
  • गुलियोको मात्रा कम गर्दा तपाई मधुमेहबाट पनि बच्न सक्नुहुन्छ । यदी तपाईलाई कुनैबेला गुलियो खान एकदमै मन लाग्यो भने चिनी नराखेको खुवा खाएर मन शान्त गर्न सक्नुहुन्छ ।
  • यदी तपाईलाई जोर्नीहरुमा दुःखाई छ भने चिनी छोडेर हेर्नुहोस् ।
  • चिनी वा गुलियो छोड्दा शरीरको इम्यूनिटी पनि बढ्दछ । यो पनि मानिन्छ कि यसले दिमाग स्वस्थ रहन्छ र स्मरण शक्ति पनि बढ्छ ।
  • गुलियो खान छोड्दा आन्द्राहरुले पनि राम्रोसँग काम गर्न थाल्छन् । खानामा मिठाई हटाउनासाथ पाचनक्रिया पनि राम्रो हुन्छ र आन्द्रा तथा पेटलाई पनि नोक्सान पुग्दैन । यतिमात्रै होइन दाँत र गिजाहरु पनि स्वस्थ रहन्छन् ।
  • गुलियो धेरै खाँदा निद्रा पनि राम्रोसँग लाग्दैन । तपाईले आफै पनि अनुभव गर्नुभएको होला जुन दिन तपाई धेरै गुलियो खानुहुन्छ तपाईलाई सुत्न समस्या हुन्छ ।
  • गुलियो छोड्नुको असर तपाईको मुहारमा पनि स्पष्ट देख्न सकिन्छ । छाला सफा र सुन्दर मात्र देखिने छैन बरु खुलेका पोर्सहरु पनि बन्द हुनेछन् । साथै मुहारमा देखिने फाइन लाइन अथवा धर्साहरु पनि गुलियो छोडेपछि हराउँदै जानेछन् ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित