हाम्रा आनीबानीले पनि हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ । यस्तै धेरै पोर्न भिडिओ हेर्ने बानीले पनि तपाईंलाई हानी गरिरहेको हुन्छ ।
यौन स्वास्थ्य प्रभावित
यदी तपाईं धेरै नै एडल्ट सामग्री हेर्नुहुन्छ भने यसले तपाईंको यौन स्वास्थ्यमा असर पार्दछ । यसका कारण तपाईंमा नपुंसकता, यौन सुन्तुष्टिमा कमी आउने जस्ता समस्या देखिन सक्छन् । साथै तपाईंलाई भावनात्मक रुपमा मानिसक स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ ।
सम्बन्धमा तिक्तता
धेरै एडल्ट सामग्री हेर्ने व्यक्तिमा उदासिनता आउन थाल्छ । यस्ता सामग्री हेर्ने व्यक्ति आफ्नो पार्टनरबाट सन्तुष्ट हुन सक्दैनन् । जसले गर्दा उनीहरुबीच यौन सम्बन्धमा ह्रास आउँछ साथै मनमुटाव हुन थाल्छ ।
यसरी उनीहरुबीच भावनात्मक सम्बन्धमा पनि कमी आउन थाल्छ । यसको धेरै लत बस्न थाल्यो भने मान्छेले पार्टनरसँग बेइमानी, धोकाधडी पनि गर्न थाल्छ ।
मानसिक स्वास्थ्यका लागि नराम्रो
कैयौं अध्ययनबाट पत्ता लागिसकेको छ, धेरै एडल्ट सामग्री हेर्ने मानिसको दिमागमा पनि त्यस्तै असर पर्न थाल्छ ।
यस्ता व्यक्तिमा चिडचिडापन, रिस, आफूलाई काम नलाग्ने सोंच्ने खालको व्यवहार विकास हुँदै जान्छ । जसले गर्दा मानसिक स्वास्थ्य पनि बिग्रन सक्छ ।
क्रियाशिलतामा कमी
प्राय एडल्ट भिडिओ हेर्ने व्यक्तिको ध्यान नै त्यस्तै विषयमा हुन्छ अन्य काममा ध्यान जान छोड्छ । त्यस्तो अवस्थामा उक्त व्यक्तिका अन्य काम प्रभावित हुन्छन् ।
एउटा सर्वेक्षणमा देखिएको छ, जो व्यक्तिले त्यस्ता भिडिओ हेर्न बन्द गरे, उनीहरुमध्ये ६७ प्रतिशतले आफू पहिलाको तुलनामा धेरै नै उर्जाशिल तथा क्रियाशिल भएको बताएका छन् ।