प्रजनन क्षमता बलियो बनाउन पुरुषले ध्यान दिनुपर्ने कुरा

आधुनिक जीवनशैली र अस्वस्थकर खानपानका कारण कारण पुरुषहरुमा शुक्राणुको संख्या अर्थात बीर्य उत्पादनको दर कम हुँदै गएको छ । यसले उनीहरुको प्रजनन क्षमतामा समेत असर गरेको छ ।

बेलायतमा गरिएको एक अध्ययनले आधुनिक जीवनशैली अपनाएका पुरुषको प्रजनन् क्षमतामा नकारात्मक असर परेको देखाउँदै तत्काल सुधार नगरे भयावह अवस्था सिर्जना हुने चेतावनी दिएको छ ।

अध्ययनले भनेको छ, आजभन्दा पचास बर्ष अघि एक मिलिलिटर शुक्राणुको संख्या ११ करोड तीस लाख हुन्थ्यो जो १९८८ मा घटेर छ करोड बीस लाख हुन गयो । र अहिले सो संख्या घटेर मात्रै चार करोड १७ लाखमा झरेको छ ।

बढ्दै गएको तनाव, मोटोपन, खराब जीवनशैली तथा प्रदुशित वातावरणका कारण पुरुषहरुको बीर्य उत्पादन दरमा कटौतीको कारण भन्दै अनुसन्धानमा संलग्न वैज्ञानिकले समाधानको उपाय पनि सजिलो भएको बताएका छन् । उनीहरुले भनेका छन्, ‘भयावह अवस्था रोक्नका लागि पुरुषहरुले आफ्ना आनिवानीमा सुधार गर्नुपर्ने हुन्छ ।’ त्यसका लागि निम्न उपाय गर्नु उचित हुन्छ ।

धुम्रपान छोड्ने

विशेषज्ञहरु भन्छन्, धुम्रपानले पुरुषको प्रजनन क्षमतामा ह्रास मात्रै ल्याउने होइनकि बीर्य उत्पादनमा समेत कमी ल्याउँछ । विशेषज्ञहरुले उत्पादन भईहालेपनि बीर्यको गुणस्तरमा समेत ह्रास ल्याउने बताउँछन् । त्यसैले धुम्रपान छोड्नु राम्रो हुन्छ ।

त्यसो त जसले धुम्रपान गर्छ उसको मुटुको रक्तनलिमा अवरोध उत्पन्न भई रगत प्रभाहमा कमी हुनजान्छ फलस्वरुप रक्तचाप आफै बढ्छ । त्यसको असर यौनजीवन र प्रजनन् कार्यमा समेत देखिन्छ ।

नियमित व्यायाम गर्ने

नियमित व्यायाम गर्ने व्यक्तिको मोटोपनाको साथै तनाव समेत घट्छ । जसले शरीर स्वस्थ र फुर्तिलो हुन्छ । जो स्वस्थ र फुर्तिलो हुन्छ उसको शुक्राणु अर्थात बीर्य उत्पादनमा समेत सकारात्मक प्रभाव पर्छ । अर्थात शुक्रकिटको परिमाण र गुणस्तर समेत उत्तिकै राम्रो हुन्छ ।

स्टिम बाथ कम गर्ने

हप्तामा एक दिन सौनावाथ अर्थात तातोपानीमा वा बाफ लिएर नुहाउनु ठिक हो तर, ४० डिग्री सेल्सीयस वा त्यो भन्दा बढी तातो पानी वा सौनामा नुहाउने वा बस्ने गर्नुहुन्छ भने तपाईँको शुक्राणुहरुमा क्षति पुग्छ ।

मोवाइल धेरैबेर खल्तीमा नराख्ने

मोवाइल धेरैबेरसम्म आफ्नो खल्ती वा जाँघमा राख्नुहुँदैन । यसमा आउने विकिरणको सिधा असर पुरुषको अण्डकोष वा शुक्राणु उत्पादन गर्ने ग्रन्थीलाई गर्छ । उत्पादित शुक्रकिटमा क्षति पुर्याउँछ ।

टाइट अन्डरवेर नलगाउने

यदि तपाईँको अन्डरवेर वा पाइन्ट टाइट छ भने अण्डकोषको ग्रन्थीले प्रयाप्त शुक्रकिट उत्पादन गर्न सक्दैन । तपाईँलाई यदि लामो समयसम्म बसिरहनुपर्छ भने टाइट अण्डरवेर वा पाइन्ट नलगाएको राम्रो ।

कफि कम पिउने

दैनिक एक दुई कप कफी पिउनुले खासै नराम्रो हुँदैन । तर यदि तपाईँ त्यो भन्दा बढी पिउनु थाल्नुभयो भने त्यसले असर गर्न सक्छ । यसले बीर्यका गतिशिलतामा अवरोध पैदा गर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित