जाडोमा गीजरको प्रयोग गर्दा यी कुरा ख्याल राख्नुहोस्

जाडो याम छ । चिसो पानीले नुहाउन, लुगा धुन, भाँडावर्तन सफा गर्न मुस्किल हुन्छ । यद्यपी पानी तताउने अनेक विकल्प छन् । त्यसमध्ये हो, गीजर पनि ।

गीजर वा वाटर हिटर जाडो मौसममा जीवनशैलीको महत्वपूर्ण पाटो बन्न थालेको छ । जाडो मौसमको चिसो पानी छुन समेत डर लाग्छ ।

यस्तो अवस्थामा प्राय मानिसले गीजर प्रयोग गरेर तातो पानीको प्रयोग गर्छन् । जसकारण जाडो मौसम शुरु हुनसाथ बजारमा विभिन्न ब्राण्डका गिजार देखिन थाल्छन् । गीजर किन्दै हुनुहुन्छ भने केही कुरामा ध्यान दिन भने जरुरी हुन्छ ।

छिटो र सुरक्षित

राम्रो गीजर वा वाटर हिटरले केही मिनेटमै पानी तताउने गर्छ । र, या निकै सुरक्षित हुनुको साथै बिजुली समेत कम खपत पनि कम गर्छ ।

उर्जा किफायती

नयाँ ट्यांकलेस वाटर गीजरले विजुलीको कम खपत गर्छ । जवकी ट्रेडिश्नल वाटर हिटरमा पानी स्टोर हुने गर्छ । यसले विजुली खपत अत्याधिक हुने गर्छ । त्यसैले ट्यांकलेस गीजर, ट्रेडीशनल गीजरको तुलनामा केही मंहगो भने हुने गर्छ । त्यसैले आफ्नो सुविधाअनसार यसको खपत गर्न सक्नुहुन्छ ।

ठाउँ

ट्रेडिश्नल गिजर निकै ठूलो र भारी हुने गर्छ । यस्तो गिजरले ठाउँ पनि बढी ओगेट्ने गर्छ । त्यस्तै, अर्को ट्याकलेस गीजर कमप्याक्ट साइजमा आउने गर्छ । जसकारण यसले ठाउँ पनि कम लिने गर्छ ।

कुन टिकाउ ?

ट्याक्लेस गिजर ट्याङ्की भएको गिजरभन्दा लामो समयसम्म चल्ने गर्छ । किनकी गिजरको ट्याङ्की छोटो समयमै बग्रने सम्भावना हुन्छ । ट्याक्कलेस वाटर हिटर २० वर्षसम्म पनि चल्ने गर्छ ।

भण्डारण

ट्याङकलेस गीजरले एक पटमा बढीमा छ लिटर तातो पानी दिन्छ । यदि थप पानी चहिएको अवस्थामा केही समय पर्खनुपर्छ । ट्याङवाला गिजरमा भने १५० लिटरसम्म पानी भण्डारण हुने गर्छ । जसले लगातार तातो पानी दिइरहन्छ ।

कसरी किन्ने ?

पैसाको तुलना गर्दा ट्रेडिश्नल गिजरको तुलनामा ट्याङ्कलेस गिजर केही महंगो हुने गर्छ । आफ्नो परिवारको आकारलाई ध्यान दिएर गिजर खरिद गर्दा राम्रोउ हुन्छ । आवश्यकताअनुसार गिजर लिन सकिन्छ ।

ग्यास की विद्युतीय ?

गिजर दुई प्रकारका हुन्छन्, एउटा ग्यास र अर्को विद्युतिय । ग्यास गिजरमा ग्यासको साहाराले पानी तताउन सकिन्छ भने विद्युतीयमाम विद्युतको प्रयोग हुन्छ ।

तर, पछिल्लो समय लोडसेडिङ नहुने भएकाले विद्युतीय गिजर बढी उपयोगी हुन सक्छ । यस्तो गिजर तुलनात्मक रुपमा सुपत र सुरक्षित हुन्छ । ग्यास गिजर पानी त छिटो तताउँछ तर, राख्नको लागि ठूलो ठाउँनका जरुरी हुन्छ ।

ट्याङ्कीको प्रयोग

– पछिल्लो समय स्टिलको ट्यांकी भएको गिजरको प्रयोग निकै कम भइसकेको छ । किनकी यो पुरानो मोडल हो । यस्तो प्रकारका ट्यांकीमा खिया लाग्ने समस्या हुन्छ । यसको आयु पनि निकै छाटो हुने गर्छ ।

– यदि खिया लाग्ने ट्याङ्की छ भने यसको सहज विकल्प छ । त्यसकेा लागि पोलिमर ट्याङ्की लिनुपर्ने हुन्छ । यस्तो ट्याङ्कीमा स्टिल ट्याङ्कीको भित्री भागलाई खिया प्रतिरोधी पोलिमर लेपन गरिएको हुन्छ । जुन हेर्दा सिसा जस्तै देखिन्छ । यस्टो ट्याङ्की टिकाउ पनि हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित