गुगल क्रोम इन्टरनेट दुनियाँको सर्वाधिक लोकप्रिय वेब ब्राउजर हो । विश्वका अर्बौँ मानिसले गुगल क्रोमको प्रयोग गरिरहेका छन् ।
एन्ड्रोइड डिभाइसहरुमा डिफल्ट रुपमा प्राप्त हुने हुनाले क्रोमको लोकप्रियता र प्रयोग सर्वाधिक भएको हो । तर स्मार्टफोनमा मात्र नभएर ल्यापटप र पर्सनल कम्प्युटरमा समेत क्रोमको प्रयोग सबैभन्दा धेरै हुने गरेको छ ।
गुगल क्रोममा इन्टरनेट चलाइरहँदा कहिलेकाहीँ यो ब्राउजर यति स्लो बन्दछ कि निकै समस्या खडा हुन्छ । अझ सुस्त भएर ह्याङ भएको क्रोमको ट्याब एक क्लिकमा बन्द नै नहुँदा अर्को समस्या पैदा हुन्छ ।
डिफल्ट रुपमा क्रोम ब्राउजरमा Hardware Acceleration फिचर बन्द हुन्छ । तर यसलाई सक्रिय बनाएर तपाईँले क्रोम ब्राउजरलाई फास्ट बनाउन सक्नुहुन्छ ।
आमरुपमा क्रोम ब्राउजरले वेबपेजलाई चलाउनका लागि डिभाइसको सिस्टमको सीपीयू तथा सफ्टवेयरको प्रयोग गर्दछ ।
तर Hardware Acceleration सक्रिय बनाएसँगै ब्राउजरले प्रयोगकर्ताको सिस्टमको ग्राफिक्स कार्डको प्रयोग गर्न थाल्छ । त्यसपछि क्रोमको स्पीड बढ्दछ । यो फिचर उच्च ग्राफिक्सयुक्त पेजयुक्त वेबसाइटका लागि अझै उपयुक्त हुन्छ ।
Hardware Acceleration फिचरलाई कसरी सक्रिय बनाउने ?
- सबैभनदा पहिले गुगल क्रोम ब्राउजर खोल्नुहोस्
- मथि दायाँ भागमा देखिने तिनथोप्ले आइकनमा क्लिक गर्नुहोस्
- त्यसपछि तलतर्फ देखिइरहेको Settings को बटनमा क्लिक गर्नुहोस् र System को अप्सनमा क्लिक गर्नुहोस्
- अब तपाइँले Use hardware acceleration when available को अप्सन देख्नुहुनेछ
- त्यसलाई on गर्नुहोस् । त्यसपछि क्रोमले पुनः सुरु गर्नका लागि अह्राउनेछ
- Re-launch का लागि स्वीकृति दिनुहोस् । त्यसपछि तपाइँको डिभाइसमा रहेको क्रोम उच्च गतिमा चल्नेछ ।