फोन भिज्यो भने के गर्ने ?

मनसुन चलिरहेको छ । पानी पर्ने मौसममा घर बाहिर निस्कन धेरैलाई मन नपर्न सक्छ तर घरमै बसिरहन सम्भव पनि छैन । कहिलेकाहीँ पानी यति धेरै परिदिन्छ कि सावधानी अपनाउँदै अपनाउँदै पनि भिजिन्छ ।

मोबाइल, पर्ससमेत भिज्छ । पानीले गर्दा कहिलेकाहीँ मोबाइल काम नलाग्नेसमेत हुनसक्छ । यस्तो अवस्थामा तपाईंले केही सावधानी अपनाएर आफ्नो मोबाइललाई काम नलाग्ने हुनबाट जोगाउन सक्नुहुन्छ ।

  • स्मार्टफोन सुकाउनका लागि धेरै मानिसले हेयर ड्रायरको प्रयोग गर्छन् । यसबाट निस्कने हावा निकै तातो हुन्छ जसले फोनको हार्डवेयरलाई बिगार्न सक्छ ।
  • स्मार्टफोन पानीले भिजेपछि ओभन वा बोनेटलगायतका तातो स्थानमा राख्नबाट जोगिनुहोस्, यस्तो गर्दा फोन पूरै बिग्रन्छ ।
  • स्मार्टफोन भिजेपछि त्यसलाई बिर्सेर पनि चार्ज नगर्नुहोस्, सर्ट सर्किट हुनसक्छ ।
  • फोनको पोर्टमा पिन प्रयोग नगर्नुहोस् । यस्तो गर्दा पानी मोबाइलको मदरबोर्डसम्म पुग्न सक्छ र यो झन् बिग्रन सक्छ ।
  • स्मार्टफोन भिज्यो भने त्यसलाई जोगाउनका लागि तुरुन्त स्विच अफ गर्नुहोस् । यदि बन्द भएको छ भने अन नगर्नुहोस् ।
  • भिजेको फोनलाई स्विच अफ गरेपछि फोनलाई कुनै चिसो कपडाले पुछ्नुहोस् । पानी सबै सुकेपछि त्यसलाई केही बेरसम्म यत्तिकै छोड्नुहोस् ।
  • तुरुन्त सिम र एसडी कार्ड इत्यादि निकाल्नुहोस् ।
  • सुकाउनका लागि फोनलाई बेस्सरी हल्लाउनुहोस् । यसो गर्दा सबै पानी निस्कनेछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित