हराएको फोन फेला पार्न तपाईँले जान्नैपर्ने टिप्स

हामीले प्रयोग गरिरहेकाे स्मार्टफाेन कहिलेकाहीं हराएको वा कतै छुटेको हुन सक्छ । कतिपय अवस्थामा फोन कसैले चोरी गरेको हुन्छ । त्यस्तोमा तत्कालै फोन फेला पार्न गुगलले १० वर्षअघि अर्थात् २०१३ मा ‘फाइन्ड माई डिभाइस’ (Find my device) एप र फिचर सार्वजनिक गरेको थियो ।

त्यसपछि परिमार्जन हुँदै आएको यो एपले आजका दिनमा हराएको डिभाइस अफलाइन भए पनि त्यसको लोकेसन पत्ता लगाउन सक्ने गुगलको दाबी छ ।

गुगलले प्रायः सबै प्रयोगकर्ताको लोकेसनको पछिल्लो डेटा इन्ड-टु-इन्ड इन्क्रिप्सनका रूपमा भण्डारण गरेको हुन्छ । त्यसैलाई आधार मानी अफलाइन हुँदा पनि डिभाइस कहाँ छ भन्ने थाहा दिने कम्पनीको भनाइ छ ।

गुगलको यो एपमार्फत हराएको डिभाइसको लोकेसन फेला पार्न सकिन्छ । यदि डिभाइस अनलाइन नै छ भने म्युट गर्न नसकिने रिङ बज्छ ।

एन्ड्रोइडका लागि उपलब्ध यो एपको सहायताले हराएको डिभाइसको सबै डेटा मेटाउन, लक गर्न, ठूला ठूला भवनहरूमा कतै छुटेको छ भने फेला पार्न सकिन्छ । यो एप प्रयोग गरी फोन फेला पार्न यसो गर्नुहोस्:

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर ‘फाइन्ड माई डिभाइस’ एप इन्स्टल गर्नुहोस् ।
  • अनि एप खोल्नुहोस् ।
  • त्यसपछि ‘साइन एज गेस्ट’ (Sign as guest) बटनमा ट्याप गरी तपाईंले जुन डिभाइस पत्ता लगाउन खोज्नु भएको हो, त्यही डिभाइसको गुगल अकाउन्ट राखेर लगइन गर्नुहोस् ।
  • यति गरेपछि उक्त गुगल अकाउन्ट जुन डिभाइसमा लगइन छ, त्यसैको नाम देखिन्छ । त्यसमा तपाईंले हराएको डिभाइसमा ट्याप गर्नुहोस् ।
  • त्यसपछि म्याप्सनमा उक्त डिभाइस कहाँ छ भन्ने लोकेसन देखिन्छ । यदि डिभाइस अनलाइन छ भने वास्तविक ठाउँको डेटा दिन्छ । तर, डिभाइस अफलाइन छ भने पछिल्लो पटक अनलाइनमा हुँदा डिभाइस जुन लोकेसनमा थियो त्यही लोकेसन देखिन्छ ।
  • यति गरेपछि डिभाइसको नाम पछाडि रहेको सेटिङको अप्सनमा ट्याप गर्नुहोस् । त्यसमा ट्याप गर्दा फ्याक्ट्री रिसेट गर्न सकिन्छ । यदि डिभाइस फ्याक्ट्री रिसेट गर्नु छ भने त्यही अप्सनमा ट्याप गर्नुहोस् । यो गरिसकेपछि तपाईंको हराएको डिभाइसको डेटा सबै गायब हुन्छ ।

त्यस्तै प्ले साउन्डको अप्सनमा ट्याप गर्दा हराएको डिभाइसमा साउन्ड बज्छ । सेक्युअर डिभाइसमा ट्याप गर्दा डिभाइस लक हुन्छ । यदि लक राखिएको छैन भने नयाँ लक पनि राख्न सकिन्छ ।

त्यस्तै डिभाइमा मेसेज वा आफ्नो सम्पर्क विवरण पनि राख्न सकिन्छ । यस्तो गर्दा लक स्क्रिनमै तपाईंको सम्पर्क नम्बर र तपाईंले छोड्नु भएको मेसेज देखिन्छ ।

अनि गेट डाइरेक्सनको अप्सनमा ट्याप गरे म्याप्समा तपाईंको डिभाइस कहाँ छ भन्ने लोकेसन देखिन्छ । त्यसबाहेक पनि हराएको डिभाइसमा चार्ज कति छ, कुन वाई-फाईमा कनेक्ट छ भन्ने जानकारी पनि देखिन्छ ।

हराइसकेको फोनमा भएको कुनै पनि डेटा फोन फेला पार्ने व्यक्तिले दुरुपयोग नगरोस् भन्ने चाहनुहुन्छ भने पनि यो टुल निकै उपयोगी हुन सक्छ ।

कतिपय अवस्थामा पिन वा प्याटर्न अन्दाजी राख्दा मिल्न सक्छ । तर, त्यही प्याटर्न वा पिन उक्त व्यक्तिलाई थाहा नहुन सक्छ । यस्तोमा तपाईंले यही एपको प्रयोग गरी लक गर्न सक्नुहुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित