सिरानीमा मोबाइल राखेर सुत्नु स्वास्थ्यका लागि खतरनाक

धेरैजसो मानिस राती सुत्दा आफ्नो मोबाइल फोन नजिकै राख्न रुचाउँछन् । मोबाइल फोनलाई सिरानीको छेउमा वा तल पट्टि राख्छन् । प्राय मानिस राती अबेरसम्म फोन प्रयोग गर्छन् र त्यसपछि नजिकै राखेर सुत्छन् ।

कतिपयले अलार्मको कारण पनि फोन नजिक राख्ने गर्छन् । तर तपाईंलाई थाहा छ मोबाइल नजिक राख्दाको असर स्वास्थ्यका लागि कति खतरनाक हुन सक्छ ? धेरैलाई विहानै टाउको दुख्ने, आँखा दुख्ने समस्या हुन सक्छ । तर मोबाइल फोनको कारणले हो भनेर थाहा हुँदैन ।

फोन छेउमा राखेर सुत्दा कस्तो हानी हुन सक्छ ? सुत्दा मोबाइल फोन कति टाढा हुनुपर्छ ? राती फोन प्रयोग गर्ने लत कसरी छोड्ने भनेर विश्व स्वास्थ्य संगठनले के भनेको छ ?

मोबाइल फोनमा हानिकारक विकिरण हुन्छन् जुन लगातार उत्सर्जित हुन्छन् । यसको प्रभावले टाउको दुख्ने, मांसपेशी दुख्ने र अन्य धेरै स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छन् । यसले मानिसको मस्तिष्कमा समेत हानी पुर्‍याउँछ ।

मोबाइल फोनको विकिरण इरेक्टाइल डिसफङ्शनसँग सम्बन्धित छ । फोनबाट निस्कने निलो बत्तीले निद्राको हर्मोनमा असर गर्छ । यसलाई मेलाटोनिक भनिन्छ । यसले शरीरको घडीमा बाधा पुर्‍याउँछ, जसले गर्दा सुत्न गाह्रो हुन्छ ।

मोबाइल फोनलाई आफ्नो ओछ्यानबाट कम्तीमा तीन फिट टाढा राखेर सुत्दा खतरनाक विकिरणबाट बच्न सकिन्छ । रेडियो फ्रिक्वेन्सी विद्युत चुम्बकीय क्षेत्रको बल मोबाइल फोनसँग सम्बन्धित छ ।

विश्व स्वास्थ्य संगठनले मोबाइल फोनबाट निस्कने आरएफ विकिरणले मस्तिष्कको क्यान्सर समेत हुन सक्ने चेतावनी दिएको छ ।

राती फोन साइलेन्स मोडमा राख्नुहोस । अलार्मको लागि घडीको प्रयोग गर्नुहोस् । साथै, फोनको लत छुटाउन किताब पढ्न सुरु गर्नुहोस् । किताब पढ्नु राम्रो बानी हो र यसले तपाईलाई समयमै निदाउन मद्दत गर्दछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित