पीपलको चमत्कारिक लाभः मधुमेहदेखि मृगौलासम्मको उपचार

धर्तीमा पाइने वनस्पतीमध्ये पीपलले अक्सिजनलाई शुद्ध गर्ने सबैभन्दा अह्म बृक्ष हो । यो एक यस्तो बृक्ष हो, जसले २४ घण्टा अक्सिजन दिन्छ ।

जबकी, अन्य बनस्पतीले राती कार्बन डाईअक्साइड वा नाइट्रेट छाड्छ । यो यस्तो बृक्ष हो, जसले सूर्यको ताप त रोक्छ तर प्रकाशलाई रोक्दैन । पीपलको पात, हाँगा, जरा सबैमा औषधिय गुण हुन्छ । थुप्रै रोग निवारणमा यसको प्रयोग गर्न सकिन्छ ।

मुटुको रोगमा

यदि मुटु सम्बन्धी कुनै समस्या छ भने पीपल लाभदायक हुनसक्छ । यसका लागि पीपलको १५ वटा ताजा हरियो पातलाई एक गिलास पानीमा राम्रोसँग उमाल्ने ।

पानी त्यसबेलासम्म उमाल्ने जब पानी एक तिहाइ घट्दैन । अब त्यसलाई सेलाउन दिने र छान्ने । उक्त पानीलाई तीन खुराक बनाउनुहोस् ।

त्यसलाई बिहान हरेक तीन घण्टाको अन्तरमा पिउनुहोस् । यसले यदि कुनै व्यक्तिलाई हृदयघात भयो भने पनि उसको मुटु पुन स्वस्थ्य हुन्छ ।

मधुमेहको समस्यामा

पीपलको तीन वटा ताजा पत्ता र तीन वटा आँपको पात लिने । त्यसको पेस्ट बनाउने । यसलाई बिहान चपाउने । यो क्रम नियमित रुपमा गरिरहनुपर्छ । यसले मधुमेह नियन्त्रणमा प्रभावकारी काम गर्छ ।

पेटको समस्यामा

अनियमित खानपानले पेटमा समस्या हुन्छ । जस्तो कब्जियत, ग्याष्ट्रिक, पेटमा पीडा आदि हुन्छ । यस सबैबाट छुटकारा पाउनका लागि पीपलको पात उपयोगी हुन्छ ।

ताजा पीपलको पातलाई कुटेर त्यसको रस निकाल्ने । उक्त रसलाई बिहान र साँझ पिउनुपर्छ, नियमित रुपमा । यसले पेट सम्बन्धी समस्या हट्छ ।

मृगौलाको समस्यामा

पीपलको ताजा पात र नीमको पातको मिश्रणलाई पानीमा उमाल्ने । उक्त पानीलाई सेलाएर एउटा भाँडामा राख्ने । अब, सो पानी बिहान र बेलुकी नियमित रुपमा पिउनुपर्छ । यो मृगौलाको समस्यामा फाइदाजनक हुन्छ ।

अन्य फाइदा

  • पीपलको बोक्रालाई पानीमा उमालेर पिउनुपर्छ, यसले शरीरमा युरिक एसिडको लेभल नियन्त्रण गर्छ । यो जोर्नीको समस्या हटाउन उपयोगी हुन्छ ।
  • यदि आँखामा कुनै समस्या छ भने पीपलको पातबाट निस्कने दूधलाई आँखामा लगाउनुपर्छ ।
  • यदि नाकबाट रगत बग्यो भने पीपलको पातबाट रस निकाल्नुपर्छ र त्यसलाई नाकमा लगाउनुपर्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित