गुणकारी टिमुर

हामीले भान्सामा प्रयोग गर्ने मसलाहरुमध्ये टिमुर पनि एक हो । अचारको रूपमा बढी प्रयोग गरिने टिमुर छोइला र मासुको स्वाद बढाउन समेत प्रयोग गरिरहेका हुन्छौँ ।

टिमुरलाई मसला मात्रै नभएर विभिन्न औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यो हैजा, ज्वरो र पेटको विकार ठीक गर्न टिमुर लाभदायक हुन्छ । यसको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ ।

जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिमुरको प्रयोग हुँदै आएको छ । गाउँघरतिर टिमुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।

युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिमुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।

चीनमा टिमुर एक प्रमुख मसलाका रूपमा भएको हुन्छ । टिमुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टर सेफहरूको भनाइ छ । साथै, थाइल्यान्डमा समेत यो औषधिका रूपमा प्रयोग गरिन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित