पुदिना : जे आउँछ, मज्जाले पचाउँछ

न रोप्न झन्झट, न स्यहार्न । न धेरै ठाउँ चाहिने, न गोडमेल गरिरहनुपर्ने । करेसा बारीको एक छेउमा रोपिदिए हुन्छ वा भान्साकै नजिक गमलामा रोपिदिए हुन्छ ।

सजिलै उमार्न सकिन्छ पुदिना । जबकी यसको औषधिय गुण भने अनेक छन् । खासगरी पेट गडबड भएमा पुदिनाको सेवन उपयोगी हुन्छ । पुदिना बहुउपयोगी वनस्पति । स्वादिलो पनि उत्तिकै ।

पुदिनालाई कसरी सेवन गर्नुहुन्छ ? त्यो तपाईंको जाँगर र हातको कलामा भर पर्छ । अचार बनाएर सेवन गर्दा हुन्छ, जुसमा प्रयोग गर्दा हुन्छ । सलादमा पनि यसको आफ्नै स्वाद हुन्छ । जे गरेर, जसरी पनि खाए हुन्छ । पुदिनाको कुनै साइड इफेक्ट छैन ।

अर्कोकुरा, पुदिना यस्तो वनस्पति हो जसले वायुलाई शुद्धिकरण गर्नमा समेत भूमिका खेल्छ । त्यसैले आयुर्वेदमा यसलाई निकै महत्व दिइएको छ । त्यसैले घरको शोभा पनि हो पुदिना ।

यसको वास्ना र स्वाद दुबै स्वादिलो हुन्छ । त्यससँगै यसको औषधिय महत्व पनि छ । निम्न शारीरिक समस्यामा पुदिनाको सेवन लाभदायक हुन्छ ।

यसमा फाइबर हुन्छ, जसले तपाईको कोलोस्ट्रोलको लेभल कम गर्न सहयोग गर्छ । यसमा रहेको म्यागनेशियमले हड्डीमा तागत दिन्छ ।

  • खानामा स्वदिष्ट पुदिना एक राम्रो माउथफ्रेशनर पनि हो । अर्थात यसले मुखलाई ताजा र सफा राख्छ ।
  • पुदिना पाचन क्रियाको लागि सर्बोत्तम बिकल्प हो ।
  • गर्मीमा लू लागेपछि पुदिना सेवन गराउनुपर्छ । यसले प्राकृतिक रुपमा शरीरलाई सितल बनाइराख्छ ।
  • बाडुली लागेको बेला पुदिना सेवन गर्नुपर्छ, ठीक हुन्छ ।
  • मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हुन्छ ।
  • पुदिनाले केहि प्रकारको छाला रोग पनि निको पार्छ । छालाको समस्या भएको स्थानमा पुदिनाको लेप लगाउनुपर्छ ।
  • तपाई यात्रा गर्दै हुनुहुन्छ र वान्ता हुने समस्या छ भने, पुदिना सेवन गर्नुहोस् । यसले वान्ता रोक्छ ।
  • पुदीनाको ताजा पत्तालाई पिसेर मुर्छित व्यक्तिलाई सुँघाउनु पर्छ, मुर्छित अवस्थाबाट ब्युँझाउछ ।
  • पेटको दुखाई, अरुचीमा पुदिनाको रसमा जीरा, हिंग, मरिच र केहि नुन हालेर पकाउने ।
  • प्रसवको समयमा पुदिनाको रस पिउन दिनुपर्छ, प्रसव पीडा कम गर्छ ।
  • पुदिनालाई पानीमा उसिनेर त्यसमा थोरै चिनी मिसाउनुपर्छ । यसलाई समय–समयमा पिउनुपर्छ, निर्बलता कम हुन्छ ।
  • धनिया, सोप र जीरा बराबर मिसाएर त्यसलाई भिजाएर पिस्नुपर्छ । त्यसमा एक सय ग्राम पानी मिसाएर छान्ने । यसमा पुदिनाको रस मिसाएर पिउनुपर्छ ।
  • पुदिना पिसेर त्यसमा कागतीको रस मिसाउने । उक्त मिश्रणको लेप अनुहारमा लगाएर धुनुपर्छ । केहि दिन यो क्रम जारी राखेपछि अनुहारमा बेग्लै चमक आउँछ ।
  • हैजामा पुदिना, प्याजको रस, कागतीको रस बराबर मात्रामा मिसाएर पिउनुपर्छ ।

रेसेपीः यसरी बनाउने पुदिनाको चिया

पुदिनामा भिटामिन ए, बि, सी, आइरन, क्याल्शियम र पोटासियमको मात्रा अधिक हुन्छ । यसलाई हामी अचार वा सलाद बाहेक चियाको रुपमा समेत सेवन गर्न सक्छौं ।

आवश्यक सामग्री

  • पुदिनाको १०, १२ पात
  • मरिच
  • बीरे नुन
  • दुध र चिनी (स्वाद अनुसार)

पुदिनाको चिया बनाउने विधी एकदमै सजिलो छ । थोरै मरिच, बीरे नुन र पुदिनाको पात पानीमा मिसाएर उमाल्ने । त्यसलाई छान्ने । अब चिया तयार भयो । यो चियामा चिनी र दुध पनि राखेर पिउन सकिन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित