जमिनमा सुत्दा पनि हुन्छ स्वास्थ्यलाई अनेकौं फाइदा

हामी सबैलाई आफ्नो निद्रा एकदमै प्यारो हुन्छ । यदि निद्राले एकदमै सतायो भने हामी जहाँ जुन अवस्थामा पनि सुत्न सक्छौं । तर जमिनमै सुत्दा पनि स्वास्थलाई हित गर्छ भन्ने तपाईंलाई थाहा नहुन सक्छ ।

जमिनन एकदमै साह्रो हुन्छ । यस्तोमा हामी यदि पछाडिको भागमा बल पारेर जमिनमा सुत्यौं भने राम्रो हो । जमिनमा सुत्दा हाम्रो हड्डीको लागि फाइदाजनक हुन्छ ।

यदी तपाईलाई हड्डीसँग जोडिएको केही समस्या छ भने भूईंमा सुतेर विचार गर्नुहोस् । यसले तपाईको पोश्चर सही हुन्छ जसले गर्दा हड्डी सम्बन्धी समस्या कम हुन्छ ।

जमिनमा सुत्नु सबैभन्दा फाइदाजनक ढाडको हड्डीको लागि मानिन्छ । यदी तपाईलाई कम्मरमा दुःखाई छ भने पनि तपाई भूईंमा सुतेर कोसिस गर्न सक्नुहुन्छ तपाईलाई फाइदा हुनेछ ।

अफिसमा एउटै ठाउँमा बसेर घण्टौंसम्म काम गर्दा सबैभन्दा धेरै समस्या हाम्रो कम्मरमा हुने गर्छ । यस्तो तपाई गद्दामा नसुतेर जमिनमा सुत्नुभयो भने यसले तपाईलाई फाइदा गर्छ ।

मांसपेशिहरु बिग्रँदा हाम्रो काँध, ढाड, नाडी, घाँटी तथा टाउकोमा दुखाई हुन्छ । यस्तोमा पनि जमिनमा सुत्दा धेरै फाइदा हुन्छ ।

एक अध्ययनमा यस्तो पनि पाइएको छ कि मानसिक तनाव हुने मानिसलाई पनि जमिनमा सुत्दा फाइदा भएको छ ।

जमिनमा सुत्दा हाम्रो मानसिक स्वास्थ्य पनि राम्रो हुन्छ र तनाव भाग्छ । जमिनमा सुत्दा तपाई पातलो खालको च्यादर बिच्छाउनुहोस् वा गुन्द्री जसले भूईंको चिसो माथि आउन नदियोस् ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित