बालबालिकामा मोटोपनको समस्या हुन नदिन के गर्ने ?

हाम्रो शरीरमा कार्बाेहाइड्रेड, प्रोटिन फ्याट, भिटामिन सबै प्रकारको प्रोटिन तìव आवश्यक हुन्छ । यदि शरीरमा आवश्यक पर्ने उक्त तìवको सन्तुलन बिग्रिएको खण्डमा बालबालिकामा मोटोपनको समस्या निम्तिन्छ । त्यसका अलवा प्रोटिनको कमीले पनि मोटोपन हुने गर्छ ।

हरेक आमाबुवाको चाहना हुन्छ, आफ्नो बालबच्चा रुष्टपुष्ट (मोटो पुक्क परेको) हुन् भन्ने । मोटो बच्चा शारीरिक हिसाबले स्वस्थ हुन्छ भन्ने आम मानिसको बुझाइ छ ।

बालबालिका पुक्क परेको रुष्टपुष्ट राम्रो हुन्छ भनेर बस्दा कतै तपाईंका बालबालिका मोटोपनको सिकार त भएका छैनन् ?

मोटो बच्चालाई मुटुसम्बन्धी रोग लाग्ने खतरा ३५ प्रतिशतसम्म बढी हुने विभिन्न अध्ययनले देखाएको छ । सामान्यतः ७० प्रतिशत बच्चाको मोटोपना वयस्क अवस्थामा पुग्दा कम हुने सम्भावना हुन्छ । यदि युवासम्म पनि मोटोपनको समस्या रहिरहेमा प्रजनन स्वास्थ्यमा समेत असर गर्छ ।

मोटोपनको कारण

  • वंशाणुगत वा हर्मोनको गडबडीका कारण ।
  • अन्य कारणमा अत्यधिक मात्रा जङ्कफुड प्रयोग बढ्नु, इन्टरनेट, मोबाइलको बढी प्रयोग, कम शारीरिक कसरतका
  • बालबालिकामा शारीरिक कसरत कम हुनुका साथै काब्रोहाइडे«टयुक्त खानेकृराको प्रयोग बढी भएकाले पनि बालबालिका मोटोपनको सिकार हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

मोटोपनले निम्त्याउने स्वास्थ्य समस्या

  • मोटोपनले बालबालिकामा विभिन्न शारीरिक तथा मानसिक समस्या निम्तिने गर्छ ।
  • मोटोपनले सानै उमेरमा मुटुरोग, उच्चरक्तचाप, कोलेस्ट्रोल वृद्धि, मधुमेह तथा श्वासप्रश्वाससम्बन्धी समस्या निम्तिने चिकित्सक बताउँछन् ।
  • त्यसका अलवा कलेजोमा बोसो जम्ने, मानसिक समस्या जस्तै डिप्रेसन, तनावजस्ता शारीरिक र मानसिक समस्या निम्तिन्छ ।
  • त्यसका अलवा मोटो बच्चालाई कब्जियत हुने समस्या अन्य बच्चाको तुलनामा बढी हन्छ ।

मोटोपनको समस्या हुन नदिन के गर्ने ?

  • क्याल्सियम र फाइबरयुक्त खानेकुरा खुवाउन जोड दिने ।
  • नियमित शारीरिक व्यायाम र बाहिरी खेलकुदमा भाग लिन बढावा दिने ।
  • बालबालिकालाई गुलियोयुक्त र बजारमा पाइने पत्रु खानेकुराबाट टाढै राख्ने ।
  • बच्चामा शारीरिक कसरत कम भएमा घरमा नै नाच्न लगाउने, योगा गर्न लगाउने ध्यान गर्न लगाउने र ठूलो मानिसले घरको करेसाबारीमा काम गर्दा सहयोग गर्न लगाउने गर्नुपर्छ ।
  • बच्चालाई सकेसम्म पत्रु खानेकुरा कम खुवाउने र घरमा बनाएको खानेकुरामा जोड दिने गर्नुपर्छ ।
  • धेरै जना आमाबुवाले मोटो भयो भनेर दूध, दही, घिउजस्ता प्रोटिनयुक्त खानेकुरा खाना नदिने गरेको देखिन्छ तर यस्ता खानेकुरा पनि आवश्यक पर्ने हुँदा मोटो भए पनि यस्ता खानेकुरा सन्तुलित बनाएर खुवाउनुपर्छ ।
  • विद्यालयमा पढाइका अतिरिक्त नृत्य खेलकुदलगायत विभिन्न क्रियाकलापमा सक्रिय गराउने,
  • विद्यालय र घर दुवै ठाउँमा स्वस्थ खानपानमा ध्यानदिने, कार्बाेनेटयुक्त तथा चिनीयुक्त खाद्यान्न न्यून गर्ने ।
  • बच्चा जन्मिएको एक घण्टाभित्रदेखि छ महिनासम्म नियमित स्तनपान गराउने ।
  • बच्चालाई छ देखि सात घण्टा सुत्ने वातावरणको सिर्जना गर्ने ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित