यी ५ योगासन, जसले बढाउँछ बच्चाको हाइट

कतिपय आमाबुवालाई बच्चाको हाइट नबढेर चिन्ता भइरहेको हुन्छ । तपाईं पनि आफ्नो बच्चाको हाइट बढाउन चाहनुहुन्छ भने केही योगहरुलाई उसको दैनिकीमा समावेश गराउनुहोस् । यसले कुनै पनि साइड इफेक्ट नभईकन बच्चाको हाइट बढ्नेछ ।

ताडासन

बच्चाको हाइट बढाउनका लागि ताडासन एकदमै राम्रो विकल्प हो । यो आसन स्ट्रेचिंग कसरत जस्तो हुन्छ । ताडासन गर्नाले बच्चाको ढाडको हड्डी सीधा हुन र हाइट बढाउन सहयोग गर्छ ।

धनुरासन

धनुरासन स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसले बच्चाको हाइट बढाउनुका साथै पाचनतन्त्र पनि बलियो गराउँछ । यो आसन गर्नाले हड्डीमा लचिलोपना आउँछ र मांसपेशीहरु पनि बलियो हुन्छन् । यो आसनलाई दैनिक रुपमा गरेमा हाइट बढ्न सक्छ ।

वृक्षासन

प्राकृतिक रुपमा बच्चाको कद बढाउनका लागि तपाईं वृक्षासन गराउन सक्नुहुन्छ । यो आसनले खुट्टाको सम्पूर्ण भाग तथा ढाडको हड्डी बलियो हुन्छ । यो आसन मानसिक स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ ।

पुतली आसन

पुतली आसन यानिकी बटरफ्लाई पोज पनि हाइट बढाउनका लागि राम्रो मानिन्छ । यसले शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ । यो आसनले दिमाग शान्त गर्नुका साथै बच्चाको राम्रो विकासमा पनि सहयोग गर्छ ।

उष्ट्रासन

उष्ट्रासनले तौललाई नियन्त्रण गर्न सहयोग गर्छ । यो आसनले बच्चाको पोश्चरमा सुधार आउँछ । यसले बच्चाको विकास तीव्र गतिमा हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित