प्रयास नै सफलताको कुञ्जी

एक समयको कुरा हो, गुरुको कठोर र संयमित दिनचर्याबाट प्रभावित भएर एउटा शिष्यले उनको अनुसरण गर्ने निश्चय गर्छ । उसले नरम ओछ्यानमा होइन, परालमा सुत्न सुरु गर्छ ।

यसरी कठोर दिनचर्याका केही दिन बित्छन् । गुरुले शिष्यको व्यवहारमा केही परिवर्तन देख्छन् । उनी शिष्यलाई तिमी के गर्दै छौ भनेर सोध्छन् ? शिष्य म छिटोभन्दा छिटो दीक्षित हुन कठोर तपस्याको अभ्यास गरिरहेको छु भन्छन् ।

उनी मेरो वस्त्रले शुद्ध ज्ञानको खोजलाई दर्साउँछ, शाकाहारी भोजनले मेरो शरीरमा सात्विकता वृद्धि गर्छ अनि सुख सुविधाबाट पर रहँदा आध्यात्मिक पथमा अग्रसर भइरहेको छु भनेर गुरुलाई भन्छन् । उनको कुरा सुनेर गुरु मुस्कुराए । उनले शिष्यलाई खेतमा लिएर गए, जहाँ एउटा सेतो घोडा घाँस चरिरहेको थियो ।

त्यसलाई देखाउँदै उनले भने, ‘तिमीले खेतमा घाँस चर्दै गरेको त्यो घोडालाई देख्यौ । त्यसको छाला सेतो छ । यसले केवल घाँस खान्छ र तबेलामा पत्करमा सुत्छ । के तिमी यो घोडामा थोरै पनि साधुपन देख्छौ ? के तिमीलाई एकदिन यो घोडा समर्थ गुरु हुनेछ जस्तो लाग्छ ? बाहिरी आवरणले कोही पनि साधु वा ज्ञानी बन्न सक्दैन । देखासिखीले कोही पनि सफल हुन सक्दैन । यसका लागि मिहिनेत र कोसिस गर्नु आवश्यक हुन्छ । यदि तिमी कुनै कार्यमा सफल हुन चाहन्छौ भने तिमीले हरसम्भव प्रयास गर्नुपर्छ ।’

शिष्यले कुरा बुझ्यो । संघर्ष नै सफलताको कुञ्जी हो । आफ्नो मार्गमा आउने हरसमस्याको तिमीले डटेर सामना गर्नुपर्छ । तब मात्रै हामी आफ्नो जीवनमा सफल हुन सक्छौँ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित