केटोको मिहिनेत

अमेरिकाको कुनै गाउँमा एउटा लुरे केटो बस्थ्यो । उसको परिवार अत्यन्त गरिब थियो । भीषण गरिबीकै कारण उसको शरीरमा हम्मेसी नयाँ र राम्रा लुगा पर्दैनथे ।

केटाको परिवारले उसको स्कुलको शुल्क तिर्नसमेत सक्दैनथ्यो । उनीहरूसित बस्नका लागि राम्रो घर पनि थिएन । यस्तोमा उसले ठीकसँग शिक्षा प्राप्त गर्न सकिरहेको थिएन । यसैकारणले गर्दा ऊ उदास रहन थाल्यो ।

एक दिन ऊ सडकको किनारमा उदास भएर सोचिरहेको थियो । त्यति नै खेर एउटा मानिस टाउकामा धेरै सामान राखेर हिँडिरहेको उसले देख्यो । ऊ सोही मानिसलाई हेर्दै थियो । त्यति नै खेर त्यो मानिस कतै ठोक्किएर लड्यो ।

यो देख्नासाथ त्यो केटो उसको छेउमा गयो र उसलाई सहारा दिएर उठाइदियो । त्यो मानिसले उसलाई आफ्ना केही सामान बोकेर स्टेसनसम्म पुर्‍याइदिन आग्रह गर्‍यो । यस केटाले पनि केही नबोली खुरुक्क केही सामान बोकेर रेल्वे स्टेसनसम्म पुर्‍याइदियो ।

केटाको त्यस सहयोगका लागि त्यो व्यक्तिले उसलाई इनामका रूपमा केही पैसा दियो । त्यो पैसाले उसले किताब किन्यो । त्यसपछि ऊ सधैँ स्टेसन आउन–जान थाल्योे र यसरी मानिसको सहायता गरेर पैैसा कमाउन थाल्यो ।

यसरी उसले अत्यन्त कडा मिहिनेत गरी पढाइ पूरा गर्‍यो । ऊ कानुन व्यवसायी बन्न चाहन्थ्यो । आखिर आफ्नो मिहिनेतको बलमा ऊ सा“च्चै कानुन व्यवसायी बन्न सफल भयो । यही केटो एक दिन अमेरिकाको १६औँ राष्ट्रपति बन्न सफल भयो । जसको नाम थियो, अब्राहम लिंकन ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित