खाना अपच भयो ? यस्ता छन् खाना पचाउने घरेलु उपाय

खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ :

  • अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
  • पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
  • मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ।
  • खाना राम्रोसँग पच्दैन भने खाँदाखेरि धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।
  • पाचन बलियो नहुनुको मतलब तपाईंको कलेजो त्यति स्वस्थ छैन। त्यसैले मजिराजन्य पदार्थ छुँदै नछुनुस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।
  • पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त पिउने गर्नुपर्छ।
  • बढी तनाव लिनुभयो भने पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।
  • आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्नुहोस्।
  • अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित