हर्रो : दाददेखि जन्डिस, मुटु रोगसम्मलाई उपयोगी

काठमाडौं । हर्रो अति औषधीय गुण भएको फल सायद धेरैले चिन्नुभएको नै छैन । यो खासगरी कमलपित्तका रोगीका लागि अति नै फाईदाजनक छ ।

करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ । यसैगरी हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा आदि निको हुन्छ ।

यो खाएमा भोक नलाग्ने समस्याबाट समेत राहत मिल्छ । नियमित हर्रो खाएमा पेट सफा हुन्छ । एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्याबाट बचाउँछ ।

हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफ निको हुन्छ । त्यस्तै, हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित