खाना खाइसकेपछि पिउनुहोस कागती पानी, हुन्छ यी ५ फाइदा

काठमाडौं । कागती पानी स्वास्थ्यको लागि धेरै लाभदायक छ, यो हामी सबैलाई राम्ररी थाहा छ । यो पिउनमा स्वादिलो ​​मात्र नभएर यसले स्वास्थ्यमा पनि धेरै फाइदा पुर्‍याउँछ ।

हामीमध्ये धेरैले बिहान खाली पेटमा महमा कागती पानी मिसाएर पिउन मन पराउँछौँ, स्वास्थ्य विशेषज्ञहरूले त्यसो गर्न सुझाव पनि दिन्छन् । कागती ‘भिटामिन सी’ को उत्कृष्ट स्रोत हो । यसमा साइट्रिक एसिड पनि हुन्छ । यो एक प्राकृतिक प्रतिरक्षा बूस्टर हो भने पेट समस्या र तौल घटाउनका लागि लाभदायक पनि छ ।

यसबाहेक के तपाईलाई थाहा छ ? तपाईंले खाना खाएपछि मह मिसाएर मनतातो पानी पिउनुभयो भने यसले अचम्मको स्वास्थ्य लाभ पनि दिन्छ भन्ने ! धेरै मानिसहरु अक्सर सोध्छन् कि खाना खाएको कति समयपछि कागती पानी पिउने ? वा खाना खाने बित्तिकै कागती पानी पिउनुहुन्छ वा हुँदैन ?

एक भारतीय सञ्चार माध्यमले खानापछि कागती पानी पिउनुका फाइदाबारे थप जान्नका लागि क्लिनिकल न्यूट्रिशनिस्ट र डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ ।

१. पेटको समस्या हुँदैन

खाना खाएपछि मनतातो पानीमा कागतीको रस मिसाएर पिउनुभयो भने यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ । यसले पोषक तत्वहरू अवशोषित गर्न पनि मद्दत गर्छ । यसले अपच र कब्जियतजस्ता समस्याहरूलाई टाढा राख्छ र बिहान पेट खाली गर्न मद्दत गर्छ ।

२. प्रतिरक्षा बलियो बनाउँछ

तातो पानी र कागती पानीको मिश्रणले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन निकै फाइदाजनक भूमिका निर्वाह गर्छ । भिटामिन सी र एन्टिअक्सिडेन्ट र एन्टि–इन्फ्लेमेटरी गुणहरूले भरिपूर्ण, यो संयोजनले तपाईंलाई भाइरल र मौसमी संक्रमण, एलर्जी, चिसो, ज्वरोबाट बचाउन मद्दत गर्दछ । यो सूजनसँग लड्न पनि उपयोगी छ ।

३. शरीरको डिटक्सिफिकेशनमा मद्दत

कागती पानी एक उत्कृष्ट डिटक्स पेय हो । यसले तपाईंको शरीरबाट विषाक्त पदार्थहरू, हानिकारक कणहरूलाई बाहिर निकाल्न र रगत शुद्ध गर्न मद्दत गर्दछ ।

४. छालाको समस्या हट्छ

शरीरलाई डिटक्सिफाई गर्नुका साथै कागती पानी पिउँदा छालालाई पनि धेरै फाइदा हुन्छ । यसले छालाको समस्या पिम्पल र दाग हटाउँछ । यससँगै छालामा चमक आउँछ ।

५. मुटुलाई स्वस्थ राख्छ

नियमित खानापछि मनतातो पानीमा कागतीको रस मिसाएर सेवन गर्दा यसले खराब कोलेस्ट्रोल घटाउन मद्दत गर्छ र रक्तचाप पनि नियन्त्रणमा राख्छ । यसले हृदयघात र स्ट्रोक जस्ता हृदय रोगको जोखिम कम गर्न मद्दत गर्दछ ।

आहारविद्हरुका अनुसार खानापछि कुनै पनि प्रकारको चिसो पेय पदार्थ सेवन गर्नबाट बच्नुपर्छ किनभने यसले तपाईंको पाचनमा गडबडी ल्याउन सक्छ ।

यसले खानालाई राम्ररी पचाउन नसक्ने र अपच जस्ता समस्याहरू निम्त्याउन सक्छ । यसले बिहान दिसा गर्न गाह्रो हुने, पेटमा ग्यास हुने, कब्जियत, पेट फुल्ने जस्ता समस्या पनि निम्त्याउन सक्छ ।

खाना खाएको कति समयपछि पिउने कागती पानी ?

आहारविद्हरुका अनुसार खाना खाएपछि कुनै पनि पेय पदार्थबीच कम्तिमा ४५ मिनेटको अन्तर राख्नुपर्छ । यो सामान्यतया १ घण्टापछि ड्रिङ्क पिउन सिफारिस गरिन्छ ।

खानापछि कागती मिसाएर चिसो पानी पिउनुहुँदैन । तपाईंले सधैं मनतातो पानीमा कागतीको रस मिसाएर सेवन गर्नुपर्छ । यसमा मह मिसाएर पनि पिउन सकिन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित