तीतो करेला स्वास्थ्यका लागि लाभदायक

खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः

  • शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्‍याउँछ।
  • करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ।
  • करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।
  • दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ।
  • पक्षघात भएकाहरूलाई काँचो करेला खुवाउँदा सुधारका संकेत देखा परेका उदाहरण पनि छन्।
  • बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ।
  • कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ।
  • डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी उत्तम मानिन्छ। यसले शरीरमा चिनीको मात्रालाई नियन्त्रित गर्छ।
  • करेला खाने गर्नाले रगत सफा हुन्छ। रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ।
  • बाथ रोग भएमा अथवा हातखुट्टा पोल्ने गरेमा काँचो करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित