यी ५ खानेकुरा, जसले बढाउँछन रोग प्रतिरोधात्मक क्षमता

पालक

पालकमा पाईने विभिन्न पोषक तत्वले शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । पालकमा भिटामिन सी, जिंक, फोलेट तथा एन्टीअक्सीडेन्ट हुन्छ । पालक दिनहुँ खाँदा इम्यूनिटी पनि बलियो हुन्छ साथै आँखाको ज्योती पनि बढेर जान्छ ।

बदाम

बदाममा प्रोटिन, भिटामिन तथा मिनरल्सहरु हुन्छन् । बदाम खानाले दिमाग तेज हुन्छ तथा पाचन सम्बन्धी समस्या पनि हुँदैन । दिनहुँ ४ देखि ५ वटा भिजाएको बदाम खानाले शरीर बलियो हुन्छ ।

अन्डा

अन्डामा प्रोटिन, भिटामिन, ओमेगा ३ फ्याटी एसिड तथा मिनरल्स जस्ता कैयौं पोषक तत्व भरपूर मात्रामा पाइन्छ । अन्डा खाँदा शरीरमा उर्जा पनि प्राप्त हुन्छ । तपाईं आफ्नो खानामा उसिनेको अन्डा अथवा अमलेट बनाएर खान सक्नुहुन्छ ।

सिट्रस फल (अमिलो फल)

अमिलो फललाई भिटामिन सी को राम्रो स्रोत मानिन्छ । भिटामिन सी ले रोग तथा संक्रमणबाट लड्न मद्दत गर्दछ । यसका लागि तपाईं सुन्तला, अम्बा, अमला जस्ता मौसमी फल खान सक्नुहुन्छ ।

बेसार

बेसारमा एन्टीब्याक्टेरियल गुण हुन्छ जसले भाइरससँग लड्न सक्ने क्षमता बढ्छ । दिनहुँ दुधमा बेसार मिसाएर खाँदा फाइदा हुन्छ । यसबाहेक अन्य खानामा पनि तपाईंले बेसारको प्रयोग गर्न सक्नुहुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित