बिहान खाली पेटमा के खाने ?

धेरैजसो मानिस दिनको सुरुवात क्याफिनयुक्त पेय पदार्थको साथमा गर्छन् । बिहान नास्ताको टेबलमा हाम्रो सामुन्ने यस्ता कयौँ चिजहरू हुन्छन् जसमा धेरै मात्रामा क्याफिन हुन्छ ।

यस्तोमा धेरैको मनमा यो प्रश्न उठ्न सक्छ कि बिहानको सुरुवात कुन चिजले गरौँ जुन क्याफिन रहित पनि होस् अनि भरपुर ऊर्जा पनि पाइयोस् ? नास्तामा हामी सन्तुलित र पौष्टिकताले भरपुर हुनुका साथै स्वादिला वस्तु समावेश गर्न सक्छौँ ।

केरा

बिहानको सुरुवात केराबाट गर्न सकिन्छ । केरालाई नास्ताको रुपमा सेबन गरेर दिनभर ऊर्जाले भरिपूर्ण रहन सकिन्छ ।

क्याफिन मुक्त हुनुको अलावा केरामा प्राकृतिक चिनी, फाइबर, पोटासियम र भिटामिन सी जस्ता पोषक तत्त्व पनि प्रशस्त मात्रामा पाइन्छ । यिनीहरु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

छोकडा

छोकडाले दिनभर ऊर्जावान रहन मद्दत गर्दछ । प्राकृतिक मिठासका साथसाथै यसमा फाइबर, भिटामिन र सबै प्रकारका खनिज तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । यसले रगतमा चिनीको मात्रालाई मेन्टेन गर्न मद्दत गर्छ भने तत्कालै ऊर्जा पनि दिन्छ ।

स्याउ

हरेक दिन एउटा स्याउको सेबनले तपाईलाई अनेकौँ रोग र बिमारीहरुबाट टाढा राख्छ नै तपाई दिनभर ताजा र ऊर्जावान महसुस गर्नु हुनेछ ।

स्याउ एन्टिअक्सिडेन्ट, फाइबर र प्राकृतिक चिनीले भरपुर हुन्छ । यसले दिनभर ऊर्जा प्रदान त दिनेछ नै यसमा पाइने फाइबरले आडिलो महसुस हुन्छ । यो तौल घटाउन पनि उपयोगी हुन्छ ।

बदाम

बिहानको समयमा ऊर्जा बढाउन बदाम राम्रो स्रोत हुन सक्छ । बदाम प्रोटिन, स्वस्थ फ्याट र कयौँ प्रकारका भिटामिनहरूले भरिपूर्ण हुन्छ ।

यसले तपाईँलाई दिनभर ऊर्जाशील राख्न मद्दत गर्दछ । यसबाहेक बदाममा पाइने म्याग्नेसियमले मांसपेशीको फङ्शनलाई राम्रो बनाइ राख्ने काम राम्रोसँग गर्छ ।

दही

दिन सुरुआत राम्रोसँग गर्न नास्तामा प्रोटीनयुक्त क्रिमी ग्रीक योगर्ट (दही) समावेश गर्न सकिन्छ । चिनी बिनाको यो दहीलाई आहारको हिस्सा बनाउनु राम्रो हुन्छ । यो दहीले ऊर्जा त बढाउँछ नै पेटको स्वास्थ्यलाई राम्रो बनाउन पनि मद्दत गर्न सक्छ ।

अण्डा

स्वास्थ्यका लागि अण्डा सधैँ निकै फाइदाजनक मानिन्छ । आफ्नो दिनको सुरुवात क्याफिन फ्री बनाउन र ऊर्जाशील नास्ताबाट गर्न चाहनेका लागि अण्डा राम्रो विकल्प हो । अण्डामा उच्च गुणस्तरको प्रोटिन हुन्छ । यसमा भिटामिन र मिनरल्स पाइन्छ जसले तपाईँलाई ऊर्जा दिइरहनेछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित