३० दिन आलु नखाँदा के हुन्छ ?

आलु खानामा दैनिक रुपमा चाहिने महत्वपूर्ण चीजमध्ये एक हो । तपाईं यसलाई एक्लै वा तरकारीमा मिसाएर विभिन्न परिकार बनाएर खान सक्नुहुन्छ ।

आलु खाँदा शरीरमा फाइदा त हुन्छ नै तर यसका केही नोक्सानीहरु पनि छन् । आलुमा पोटाशियम, फाइबर, भिटामिन सी, भिटामिन बी६ र आइरनसहित कैयौं पोषक तत्वहरु पाइन्छन् ।

यो शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । तर, यदी तपाईं एक महिनाका लागि आलु खानुभएन भने शरीरमा कस्तो असर हुन्छ?

  • यदी तपाईं एक महिना आलु खानुहुन्न भने तपाईंको तौल घट्न थाल्नेछ । आलु खान बन्द गरेर शरीरमा जाने अतिरिक्त क्यालोरी रोकिन्छ ।
  • आलुमा पाइने स्टार्चले रगतमा सुगरको मात्रालाई बढाउन सक्छ । यही कारणले पनि मधुमेहका बिरामीहरुले आलु खान छोड्दा फाइदा हुन्छ ।
  • आलुबाट विभिन्न प्रकारका जंक तथा प्रोसेस्ड फुडहरु तयार गरिन्छ । जसमा नुन यानिकी सोडियमको मात्रा एकदमै धेरै हुन्छ । जसले गर्दा रक्तचाप तथा मुटुसम्बन्धी समस्याहरुको खतरा बढ्दछ ।
  • आलुमा कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ । जसले मेटाबोलिक रेट बिग्रन सक्छ । यस्तोमा आलु नखानु नै फाइदाजनक हुन्छ ।
  • यदी तपाईं पनि आलुलाई आफ्नो खानपानबाट हटाउन चाहनुहुन्छ भने यसको स्थानमा तपाईं शखरखण्ड, फुलगोभी र शलगम आदि सेवन गर्न सक्नुहुन्छ ।
  • त्यसो त आलु खानुका धेरै फाइदा पनि हुने गर्छन् । यसले पाचनतन्त्रमा सुधार ल्याउँछ, हड्डी तथा दाँतहरुलाई बलियो बनाउने काम पनि गर्दछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित