काबुली चना : पोषिलो, तौल घटाउन सहयोगी

तौल घटाउनका लागि के खानुहुँदैन भनेर सोध्यो भने तपाईंले लामो सूची पाउनुहुनेछ । तर यदी तौल घटाउनका लागि के के खानुपर्छ भन्यो भने थोरै खानेकुराहरु मात्र भेटिन्छ ।

त्यो पनि एकदमै नमिठो । तर त्यस्तो हुँदैन तपाईंले मिठो खाएर पनि तौल कम गर्न सक्नुहुन्छ । त्यस्ता कैयौं पोषिलो खानेकुरा पनि छन् जसले तपाईंको तौल घटाउन मद्दत गर्छ । त्यस्तै काबुली चना तौल कम गर्नका लागि सहयोगी मानिन्छ ।

काबुली चनाको पोषिलो पक्ष

२८ ग्राम काबुली चनामा १०२ क्यालोरी हुन्छ । के तपाईंलाई थाहा छ एक कप काबुली चनामा तपाईंलाई चाहिने फाइबर ४० प्रतिशत, ७० प्रतिशत फोलेट तथा २२ प्रतिशत आइरन पाइन्छ ।

साथै तपाईंको शरीरले काबुली चना सुस्त सुस्त पचाउँछ जसले गर्दा तपाईं लामो समय भोक नलागेको महसुस गर्नुहुनेछ ।

तौल घटाउन सहयोगी

काबुली चनामा फाइबर र प्रोटिनको मात्र उच्च हुन्छ जसले तौल कम गर्न मद्दत गर्छ । तौल कम गर्ने सम्बन्धी एक अध्ययनबाट थाहा भएको छ, जसले नियमित रुपमा काबुली चनाको सेवन गरेका छन् उनीहरुको शरीरमा बडीमांस वा मासु बन्ने प्रक्रिया कम भएको छ ।

अर्को अध्ययनका अनुसार काबुली चना नियमित सेवन गर्नाले तौल घटाउने प्रक्रियामा २५ प्रतिशत वृद्धि भएको छ ।

दिनहुँ खाँदा के हुन्छ ?

काबुली चनालाई आफ्नो आहारमा सामेल गर्नु राम्रो मानिन्छ । तर यसको सेवनले जति फाइदा गर्छ त्यति नोक्सान पनि गर्न सक्छ ।

चनालाई दिनहुँ खानु त्यति फाइदाजनक नहुन सक्छ । किनकी अत्यधिक फाइबर वा प्रोटिनको सेवनले पेटमा ग्यास भरिने, फुल्ने तथा अपचको समस्या पनि हुन सक्छ ।

खाने सही समय ?

त्यसो त यो एउटा यस्तो खानेकुरा हो जसलाई तपाईं कुनै पनि बेलाको खानामा सामेल गर्न सक्नुहुन्छ । तर साँझको समयमा प्राय भोक लाग्ने गर्छ त्यसैले एक कप काबुली चना आहारमा सामेल गर्नुहोस् ।

कैयौं पटक रातीमा खाना खाइसकेपछि पनि भोक लाग्ने गर्छ यदी चना खानुभयो भने तपाईंलाई तुरुन्तै भोक लाग्ने छैन जसकारण धेरै खानबाट बच्न सकिन्छ ।

यसरी तुरुन्तै भोक लाग्दा तपाई खाइराख्ने बानीबाट टाढा रहनुभयो भने तपाईंको तौल पनि कम हुँदै जानेछ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित