१७ बुँदामा जान्नुहोस् भिन्डीका फाईदा

गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।

भिन्डीमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ । भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।

भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ ।

आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।

भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ । खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ । भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।

सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ । भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।

भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् । आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।

भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन । रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ । भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याउछ ।

  • भिन्डी अर्थात् रामतोरियाँमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । यो राम्रोसँग पच्छ र यसले पाचन प्रक्रियालाई पनि बलियो बनाउँछ ।
  • भिन्डी खानाले शरीरमा सुगरको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । मधुमेहका रोगीलाई यो लाभदायक हुन्छ ।
  • गर्भवती महिलाले भिन्डी खानाले भ्रूणको दिमागको विकास राम्रो हुन्छ । साथै, भिन्डी खाँदा गर्भ तुहिने जोखिम पनि घट्छ ।
  • भिन्डीमा भिटामिन–के र फोलेट्स पाइन्छन्, जसले रगत जम्नबाट रोक्छन् र हड्डी बलियो बनाउने गर्छन् ।
  • भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्वले दमको असर कम गर्छ ।
  • आयुर्वेदका अनुसार भिन्डीको फूल र पातलाई श्वासप्रश्वाससम्बन्धी रोग निको पार्न प्रयोग गरिन्छ । वैद्यको परामर्शमा भिन्डीको फूल र पातलाई ब्रोङ्काइटिस र निमोनियाको उपचार गर्ने गरी प्रयोग गर्न सकिन्छ ।
  • भिन्डीमा पाइने फाइबरले कब्जियतको समस्या कम गर्छ ।
  • भिन्डी खानाले क्यान्सरको जोखिम घट्छ । भिन्डी खाइरहने गर्दा आन्द्रा, कोलोन–रेक्टल क्यान्सर लाग्ने सम्भावना कम हुन्छ ।
  • भिन्डीमा क्यालोरी कम पाइन्छ, जसले गर्दा यो मोटाउने समस्या भएकाहरूका लागि लाभदायक हुन्छ ।
  • भिन्डीमा सोल्युबल फाइबर पेक्टिन पाइन्छ, जसले शरीरमा खराब खालका कोलेस्टेरोलको मात्रालाई कम गरिदिन्छ ।
  • भिन्डीमा पाइने भिटामिन–सीलगायत तत्त्वले छालामा जम्मा भएका विकारलााई पखाली छालालाई स्वस्थ राख्छ ।
  • भिन्डीमा अक्सिडेन्ट्स, भिटामिन–सी, म्याग्नेसियम, क्याल्सियम, आइरनजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउँछन् ।
  • आँखा धमिलो देख्नेका लागि पनि भिन्डीको तरकारी खानु लाभदायक हुन्छ ।
  • भिन्डीमा पाइने आइरन, भिटामिन–के आदिले रक्तअल्पता हुन दिँदैन ।
  • रगतमा हेमोग्लोबिनको मात्रा कम छ र रेड ब्लड सेल आवश्यक मात्रामा छैन भने भिन्डी खाइरहने गर्नुपर्छ ।
  • भिन्डीमा क्षार तत्व पाइन्छ, जसले अल्सरको असरलाई कम गर्न मद्दत पुर्याउँछ ।
  • भिन्डी प्रोटिनको राम्रो स्रोत भएकाले शरीरमा प्रोटिनको इन्टेक बढाउन यसको तरकारी खान सकिन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित