मनछुने लाइनहरु : ‘अरुलाई खराब भन्न पहिले आफु असल हुनुपर्दछ’

  • माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाँकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।
  • कति मिठा हुन्छन ती यादहरु जसले हाँसो र आँशु एकैपटक ल्याउने गर्दछ ।
  • कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउँछ न त जिन्दगीमा आएकाहरु नै ।
  • अरुलाई खराब भन्न पहिले आफु असल हुनुपर्दछ ।
  • चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।
  • संसारमा दुई ओटा कुराहरु मात्र पाहुना हुन्छन: धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन ।
  • आफ्नो त त्यो हो जसले रुन दिँदैन ।
  • घरमा मन्दिर नभएर के भो, जब घरमा मन्दिर जस्तै मेरी आमा छिन ।
  • सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन ! कस्तो संसार बनाएछ दैवले जिउदा जिउँदा एक्लै मर्दा मलामी हजार हुन्छन ।
  • आमाः मलाई दुनियाँ जित्नु छैन बस तिम्रो मन जित्न पाए हुन्छ ।
  • आमाः मेरो आयु पनि तिमिलाइ लागोस ।
  • सुखमा ताली बजाउने दश औला भन्दा त दुखमा आँशु पुछिदिने एक औला नै ठुलो हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित