आचार्य चाणक्यका जीवन उपयोगी नीति ज्ञानहरू

चाणक्य भारत वर्षमा ईसापूर्व चौथो शताब्दीका एक कूटिल राजनीतिज्ञ एवं आचार्य थिए । तक्षशीलामा आचार्यको रुपमा अध्यापन गराउँदै गर्दा अलेक्जेन्डरको विश्व विजयी अभियानको चपेटामा परेको भारत वर्षका विभिन्न राज्यमाथिको संकट देखेर गुरुकूलबाट नै एउटा दस्ता खडा गरी शासनसत्ता समेत आफ्नो हातमा लिने कुटिल व्यक्ति थिए । उनको वास्तविक नाम विष्णुगुप्त हो ।

उनलाई कुटिल बुद्धिका धनी भएकोले कौटिल्य पनि भन्ने गरिएको थियो । उनीद्वारा नीतिशास्त्रमा चाणक्य नीति, अर्थशास्त्रमा कौटिल्यको अर्थशास्त्र चर्चित छन् । यी दुवै शास्त्रमा मान्छेको लागि जीवनोपयोगी कुराहरु उल्लेख गरिएको पाइन्छ । सोही चाणक्य नीतिमा उल्लेखित केही नीतिज्ञान एवं प्रेरणादायी विषयलाई यहाँ उल्लेख गरिएको छ ।

  • त्यो ठाउँमा एक पल पनि बस्नु उपयुक्त हुँदैन जहाँ आफ्नो इज्जत हुँदैन, आफ्नो जीविका चलाउन सकिँदैन, जहाँ कोही पनि साथीहरू छैनन् र जहाँ व्यावहारिक ज्ञानको कुरा गर्ने कोही छैन ।
  • ऋण, शत्रु र रोगलाई कहिलै पनि सानो सम्झिनु हुँदैन । सकिन्छ भने त यी सबैलाई सधैंको लागि समाप्त गरिदिनु उत्तम हुन्छ ।
  • आलसी मनुष्यलाई न त वर्तमानको केही जानकारी हुन्छ न त भविष्यको कुनै लक्ष्य नै ।
  • जो मेहनती छ, ऊ कहिलै पनि गरिब हुँदैन । जसले भगवानलाई सधैं याद राख्छ उसको मनमा कुनै पापी भावना नै आउँदैन । किनकि दिमागबाट नै सचेत व्यक्ति सधैंभरि निडर हुने गर्छ ।
  • राम्रो आचरणले दु:खहरूबाट मुक्ति मिल्छ । विवेकले अज्ञानतालाई मेटाउने क्षमता राख्छ र जानकारीले भयलाई दुर गर्न सहयोग गर्छ । त्यसैले यी ३ विषय जानकारीमा राख्नुपर्छ ।
  • संकटको समयमा सधैंभरि बुद्धिको नै परीक्षा हुन्छ र बुद्धि नै हाम्रो काममा आउँछ ।
  • अन्नका अलावा कुनै पनि धनको कुनै मूल्य हुँदैन । भोकभन्दा ठूलो शत्रु अरू केही हुँदैन ।
  • विद्या नै निर्धनको धन हो । यो यस्तो किसिमको धन हो जसलाई कहिलै पनि चोर्न सकिँदैन । यो अरूलाई बाँड्दा आफैँमा थपिँदै जान्छ ।
  • कुनै पनि कार्य गर्नुपूर्व यी ३ प्रश्न आफैँले आफैँलाई सोध्ने गरौं । यो काम म किन गरिरहेको छु । यसको परिणाम के हुन सक्छ । के यो काममा म सफल हुन सक्छु ? यदि यो सोच्दा हामीले यसको उत्तर पाउन सकेनौं भने यसलाई छाड‍्दिनु नै ठीक । यदी यसको उत्तर पाइन्छ भने तपाईं सही दिशामा हुनुहुन्छ ।
  • अरूको धनको लालच गर्नु व्यक्तिको नासको कारण बन्ने गर्छ ।
  • व्यक्ति सधैं राम्रो गुणद्वारा उच्च हुनुपर्छ । उच्च स्थानमा बसेर कुनै पनि व्यक्ति ठूलो हुँदैन ।
  • सधैं खुसी हुनु पनि दुस्मनको दु:खको कारण बन्ने गर्छ । त्यसैले सधैंभरि खुसी हुनु सबैको लागि सजाय दिनु बराबर हो ।
  • आफ्नो जीवन वा परिवारको गहिरो राज कसैलाई पनि बताउनुहुन्न किनकि व्यक्ति समय आएपछि त्यही कमजोरीलाई आफ्नो हतियार बनाउने गर्छ र त्यो राज अर्कोको सामु खोलिदिन सक्छ ।
  • बुद्धिमान व्यक्ति यदि कुनै मुर्ख व्यक्तिलाई सम्झाउने प्रयास गर्छ भने यसको मतलब हो ऊ स्वयं‌ले समस्या खडा गरिराको छ ।
  • त्यस्तो मान्छेलाई मद्दत गर्नु व्यर्थ कुरा हो जो सधैंभरि नकारात्मक भावबाट युक्त हुन्छ । किनकि यस्ता मान्छेहरू प्रयास गर्न छाडेर अरूलाई या परिस्थितिलाई दोष दिएर उदास भएर बस्छ र लक्ष्यबाट भड्किएर हिँड्छ ।
  • मनले सोचेको काम कुनै अरू व्यक्तिलाई सुनाउनु आफैँमा हाँसोको पात्र बन्नु बराबर हो । मनमा लागेको कुरा आफ्नै मनमा सीमित राख्नु र काम फत्ते भएपछि मात्रै अरूलाई सुनाउनु नै उपयुक्त हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित