‘भ्यालेन्टाइन विक’ : आफ्नो पार्टनरलाई नदिनुहोस यी ५ उपहार

‘भ्यालेन्टाइन विक’ अर्थात् प्रेम सप्ताह चलिरहेको छ । पछिल्लो समय नेपालमा पनि युवायुवती मात्र होइन सबै उमेर समूहका मानिसले प्रेम सप्ताहलाई निकै उत्साहका साथ मनाउने चलन आइसकेको छ ।

भ्यालेन्टाइन विकमा आफ्नो पार्टनरलाई खुसी पार्न एक अर्कालाई सरप्राइज गिफ्टहरु दिने गरिन्छ । तर, के तपाईँलाई थाहा छ ? यसरी दिइने कतिपय गिफ्टहरुले प्रेम बढाउनुको सट्टा घटाउने गर्दछन् ।

आज हामी तपाईँलाई यस्ता पाँच वस्तुहरुको बारेमा जानकारी दिनेछौँ, जुन कुराहरु कसैलाई पनि उपहारको रुपमा नदिनु राम्रो हुन्छ ।

कालो पहिरन

धेरैजसो मानिसहरुलाई कालो लुगा मन पर्छ । त्यसकारण धेरैले कालो कपडा उपहारको रूपमा दिने गर्छन् । भनिन्छ, कालो कपडा उपहारमा दिनाले जीवनमा धेरै समस्या आउनसक्छ । त्यसकारण सकेसम्म कालो कपडा उपहार स्वरुप दिने गर्नुहुँदैन ।

घडी

भ्यालेन्टाइन डेमा साथीलाई घडी दिनबाट पनि बच्नुपर्छ । यसको कारण यो हो कि घडी उपहारको रूपमा दिनाले करियर, व्यापार, जागिरमा प्रगति हुँदैन र सम्बन्धमा समस्या पनि आउन थाल्छ ।

रुमाल

कतिपय मानिसहरु आफ्नो पार्टनरलाई सबैभन्दा बढी प्रयोग भएको वस्तु उपहारमा दिन रुचाउँछन् । उपहारस्वरुप रुमाल दिनाले सम्बन्धमा कटुता पैदा हुने विश्वास गरिन्छ । त्यसकारण सकेसम्म उपहारमा रुमाल पनि दिनुहुँदैन ।

अत्तर

अत्तरले शरीरलाई सुगन्धित बनाउने काम गरे पनि उपहारको रुपमा दिएको अत्तरले धेरै समस्या निम्त्याउन सक्छ । भनिन्छ, अत्तर गिफ्ट दिदा एकअर्काबीच दूरी सिर्जना हुन्छ ।

जुत्ता र चप्पल

धेरै मानिसहरू भ्यालेन्टाइन डेमा आफ्ना पार्टनरलाई जुत्ता र चप्पल उपहार दिन चाहन्छन् । तर जुत्ता र चप्पलले नकारात्मक ऊर्जा उत्पन्न गर्ने विश्वा गरिन्छ । जसका कारण सम्बन्धमा धेरै झगडा हुने सम्भावना रहन्छ । त्यसकारण उपहारमा जुत्ता र चप्पल पनि सकेसम्म दिनुहुँदैन ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित