पार्टनरलाई बेवास्ता गरेर फोनमै डुबी राख्नुहुन्छ ? यो पढनुहोस्

फोनले एकअर्कालाई जोड्ने मात्र होइन सम्बन्ध तोड्ने काम पनि गरिरहेको छ । पार्टनरसँग धेरैपटक झगडाको कारण फोन बनेको छ ।

मानिस आफू छेउमै बसेको व्यक्तिसँग त कुरा गर्दैनन् तर हजारौं मिल टाढा बसेको मान्छेसँग कुरा गरिरहेका हुन्छन् । यस्तो गर्नु जहिलेपनि सम्बन्धको लागि राम्रो होइन । यस कुराको दावा ब्रिटेनको युनिभर्सिटी अफ केन्टले एउटा अध्ययनमा बताएको छ ।

कसैसँग भइराख्दा पनि उसँग नभएजस्तो हुनु सम्बन्धमा नकारात्मकता हावी हुनु हो । मानिस सँगै बसेको व्यक्तिसँग कुरा गर्न छोडेर मोबाईल फोनमा आँखा गाडिराख्ने गर्छन् । यदी तपाई पनि यस्तै गर्नुहुन्छ भने सतर्क हुनुहोस् ।

ब्रिटेनको युनिभर्सिटी अफ केन्टको एउटा अध्ययनले देखाएको छ कि छेउको व्यक्तिलाई ध्यान नदिएर फोनमै गडिराख्नुले सम्बन्धमा नकारात्मक असर पर्न सक्छ ।

अध्ययन युनिभर्सिटीका मनोचिकित्सकहरुले गरेका थिए । उनीहरुले यस्तो कृयाकलापलाई ‘फबिंग’ नाम दिएका छन् । फबिंग बढ्दै जाँदा सम्बन्धमा दरार पैदा हुन थाल्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित