प्रेममा पर्न पार गर्नुपर्छ यी ७ चरण

‘पहिलो नजरमा प्रेम ।’ तपाईंले फिल्म वा रोमान्टिक कथाहरूमा यो वाक्यांश सुन्नुभएकै होला । तर धेरै मनोविज्ञानसँग सम्बन्धित अध्ययन तथा अनुसन्धानले प्रेमको पनि समयरेखा हुने देखाएका छन् ।

पहिलो नजरमा ‘प्रेम’ होइन, मात्र आकर्षण हुन्छ’ अध्ययनले यसै भन्छन् । प्रेममा पर्नु एक स्वभाविक प्रक्रिया हो । जसमा एकपछि अर्को चरण आउँछ । त्यसैले यी चरणहरुमा एउटामा मात्र चुक्दा पनि प्रेमको सट्टा देखावटीपन हुन सक्ने ठहराइन्छ ।

छिट्टै मायामा पर्छन् पुरुष, महिला धैर्य गर्छन्

यस्तो भनिरहँदा मनमा प्रश्न उठ्न सक्छ- माया पहिलो नजरमा बस्दैन भने बस्न कति समय लाग्ला ? यसबारे ‘युगोभ’ र डेटिङसाइट ‘इ-हार्मोनी’ मिलेर अध्ययन गरेका थिए ।

अध्ययनको नतिजाले औसत पुरुषले आफ्नो पार्टनरलाई भेटेको ८८ दिनमा आफ्नो प्रेम व्यक्त गर्न सक्छन् । महिलाको हकमा भने भेटलाई प्रेममा परिणत गर्न १३४ दिन लगाउँछिन् ।

जसबाट पनि पुरुषहरू छिट्टै प्रेममा पर्छन् र आफ्नो प्रेम पनि छिट्टै व्यक्त गर्छन् भन्ने बुझिन्छ । जबकि महिलाहरूले प्रेम व्यक्त गर्न र प्रेमलाघ स्वीकार गर्न बढी समय लिन्छन् ।

६ महिनामा ‘लेस्बियन प्रेम’

अध्ययनअनुसार दुई महिलाले समलैंगिक प्रेममा पर्न सबैभन्दा लामो समय लिन्छन् । कुनै पनि समलैंगिक प्रेम १८० दिनअघि प्रेम प्रस्ताव राख्दैनन् ।

यसको तुलनामा समलिङ्गी प्रेममा दुई पुरुषले एकअर्कालाई आफ्नो पार्टनर बनाएर आफ्नो प्रेमलाई छिट्टै व्यक्त गर्ने र स्वीकार गरिहाल्ने गर्छन् ।

मायामा पर्न महिनौं लाग्छ, पहिलो नजरमा के हुन्छ ?

फरक-फरक सम्बन्धमा पार्टनर र परिस्थितिअनुसार प्रेम फुल्न र फक्रन दुईदेखि ६ महिना लाग्छ । तर कसैलाई देख्दै पहिलो नजरमा हुने अनुभूति चाहिं के हो त ?

‘जर्नल अफ सेक्सुअल मेडिसिन’मा प्रकाशित एक रिपोर्टमा भनिएको छ, ‘तपाईंले कसैलाई देख्ने बित्तिकै सेकेन्डको पाँचौं भागमा मस्तिष्कको लभ हार्मोन सक्रिय हुन्छ । तर यो प्रेम हार्मोन तब मात्र सक्रिय हुन्छ जब अर्को व्यक्तिको मनोभावना तपाईंको सपना अनुसार हुन जान्छ । तर सेकेन्डभरमै हुने मनको हलचललाई प्रेम भन्न मिल्दैन । तर यसलाई प्रेमको सुरुवात चाहिं अवश्य भन्न सकिन्छ ।’

यो प्रेमको पहिलो चरण हो, जसमा कसैलाई देख्ने बित्तिकै, प्रेम हार्मोनले तपाईंलाई कसैलाई अझ बढी हेर्न, कुरा गर्न र तिनीहरूको बारेमा सोच्न बाध्य बनाउँछ ।

अनुसन्धान र विशेषज्ञका अनुसार प्रेम पहिलो नजरमा हुँदैन । यसका लागि समय चाहिन्छ । सम्बन्धको बिरुवा पानी दिएपछि मात्र ठूलो रुखको रुप लिन्छ ।

कसैले लेख्यो प्रेम आगोको खोला हो डुब्नुपर्छ । अब प्रेम आगोको नदी होस् वा नहोस्, तर यो अवश्य समयको नदी हो । प्रेम बलियो र दीर्घकालीन हुनका लागि समयले पटक-पटक परीक्षा लिइरहेको हुन्छ ।

पहिलो नजरमा मनमा उथलपुथल, ७ कदमपछि अटूट प्रेम

विभिन्न अध्ययनलाई आधार बनाएर प्रेमलाई तीनदेखि सात चरणमा वर्णन गरिएको छ । भर्खरै भएको अध्ययनअनुसार अपरिचित व्यक्तिसँगको कुनै पनि भेटले अनन्त प्रेममा पुग्न सात चरण पार हुनुपर्छ ।

प्रेममा पुग्ने सात चरण

  • पहिलो भेट । नजर मिलाउनु ।
  • मनमनमै लुकाछिपीको खेल, सम्भावित सम्बन्धको बारेमा राम्रो-नराम्रो बारेमा सोच्ने ।
  • एकअर्कामा शान्ति खोज्ने प्रयास, एक्लो हुँदा आफूलाई अपुरो अनुभव गर्नु ।
  • मायामा भरोसाको सुरुवात, पार्टनरलाई सम्भावित जीवनसाथीको रुपमा देख्नु ।
  • एकअर्कासँग नजिक हुँदै भरोसा बलियो बन्दै जानु ।
  • आफ्नो सुखदु:ख साटासाट गर्नु र भावना बुझ्ने प्रयास गर्नु ।
  • माथिका चरण पार गरेपछि पूर्ण मायाको फूल फक्रन्छ ।

कसैलाई प्रेममा पर्न थोरै दिन लाग्ला, कसैलाई धेरै । तर सबै यी सात चरण पार भएरै गुज्रिन्छन् । यहाँ प्रश्न उठ्छ कि ‘प्रेम अवधि’ कति लामो हुन्छ, कसरी तय हुन्छ ?

रिलेसनसिप कोच डा. अञ्जली प्रेमको गहिराइमा पुग्न कति समय लाग्छ भन्ने निचोड पार्टनरले एकअर्कासँग कति समय बिताउँछन् भन्ने कुरामा भर पर्ने बताउँछिन् ।

यदि कसैको माया म्यासेजबाट सुरु भएको हो र पहिलो भेट ६ महिनापछि मात्र भयो भने ८८ दिन वा १३४ दिनको सूत्र नलाग्ने उनी बताउँछिन् ।

तर यदि दुई अपरिचित व्यक्ति यात्रामा भेट्छन् र धेरै समय सँगै बिताउँछन् । जसमा हाँसो, खुसी, उदासी र रिस जस्ता सबै प्रकारका क्षण समावेश हुन्छन् भने उनीहरूले एकअर्कालाई बुझ्ने प्रयास गर्न बढी समय पाउनेछन् ।

यस्तो अवस्थामा उनीहरुले एक साताभित्र सातमध्ये दुई वा तीन चरण पूरा गर्ने र एक महिनाभित्रै उनीहरुको भेट प्रेममा परिणत हुने सम्भावना हुन्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित