किसमिसका फाइदा : शुक्राणु बढाउनेदेखि कमजोरी हटाउनेसम्म

किसमिस शरीरका लागि एकदमै फाइदाजनक मानिन्छ । प्राय मानिसहरु यसलाई मिठो खानेकुरामा राख्दैनन् । तर किसमिसमा भरपूर मात्रामा प्रोटिन, फाइबर, आइरन तथा भिटामिन बी ६ प्राप्त हुन्छ ।

व्यस्त जीवनशैली, खानपानको कमी तथा बाहिरको खाना धेरै सेवन गर्ने गर्दा शरीरलाई कैयौं पटक पोषण पुगेको हुँदैन । जसकारण शरीरमा थकाई तथा कमजोरी महसुस हुने गर्दछ ।

यस्तो अवस्थामा शरीरलाई बलियो तथा प्रतिरोधात्मक क्षमता बढाउनका लागि घरमै सानो प्रयास गर्न सकिन्छ ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाँदा विभिन्न रोगले छिटो छिटो आक्रमण गर्न थाल्छन् । यस्तोमा यदी दिनहुँ किसमिसको सेवन गर्यो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ र कैयौं रोग निको हुँदैन जान्छन् ।

कमजोरी हटाउँछ

किसमिसमा आइरन पाइन्छ, जसले शरीरमा रगतको कमीलाई पुरा गर्दछ । जसले गर्दा शरीर कमजोरी महसुस हुँदैन । किसमिसको सेवनले थकाई मर्छ र शरीर बलियो हुन्छ । यसले लामो समयसम्म शरीरलाई बलियो बनाइराख्छ ।

शुक्राणु बढाउन मद्दत गर्छ

किसमिस पुरुषका लागि एकदमै फाइदाजनक हुन्छ । यदी नियमित सेवन गर्यो भने पुरुषको शुक्राणुको संख्या बढ्छ साथै त्यसको गुणस्तर पनि राम्रो हुन्छ । यसले यौन दुर्बलतालाई हटाउने काम पनि गर्दछ ।

पाचनक्रिया बलियो

कब्जीयत, अपच जस्तो समस्या भइरहने गर्छ भने पनि नियमित किसमिसको सेवन फाइदाजनक हुन्छ । यसले पाचनक्रियालाई बलियो बनाउँछ जसले गर्दा पेटमा हुने समस्याहरु हटेर जान्छन् ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित