सधैं जवान रहन पिउनुहोस ‘एबीसी’ जुस

यदी तपाईंले पहिला कहिल्यै एबीसी जुसको अर्थ थाहा पाउनुभएको छैन भने, यसको अर्थ हो एप्पल (स्याउ), बीटरुट (चुकन्दर) र क्यारोट (गाजर)बाट बनेको जुस ।

यो जुस फिटनेस मन पराउने व्यक्तिहरुको मनपर्ने जुस हो । किनकि यो जुस पिउँदा शरीर त स्वस्थ हुन्छ नै साथसाथै शरीरका खराब तत्वलाई बाहिर निकालेर डिटक्सको काम पनि गर्छ ।

यसले शरीरमा भित्री तथा बाहिरी सुन्दरता सबैलाई फाइदा गर्छ । एबीसी जुसमा कैयौं पौष्टिक तत्वहरु हुन्छन्, जस्तैः जिंक, पोटाशियम, भिटामिन ए, भिटामिन बि ६, भिटामिन सी आदि ।

जसले हाम्रो शरीरलाई धेरै किसिमबाट फाइदा पुर्‍याउँछ । यो जुसमा क्याल्सियम, कपर, आइरन तथा म्याग्नेशियम पनि पाइन्छ ।

जुस बनाउने आवश्यक सामग्री

  • मध्यमखालको रसिलो स्याउ
  • ठूलो आकारको गाजर
  • आधा चुकन्दर
  • एक चिम्टी कालो नुन ।

जुस बनाउने विधि

  • स्याउलाई काट्ने, चुकन्दर र गाजरलाई ताछेर सफासँग धुने ।
  • मिक्सरमा तीनै चीज राख्ने साथै तीनचौथाई कप पानी पनि राख्ने ।
  • राम्रोसँग पिस्ने ।
  • गिलासमा निकाल्नुहोस्, माथिबाट थोरै कालो नुन छर्किएर पिउनुहोस् ।

एबीसी जुसका फाइदा

  • यति धेरै पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले यो जुसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यो जुस पिउँदा शरीरमा सेतो रक्तकोषिका बढ्छन् ।
  • शरीरमा चाहिने अत्यावश्यक पौष्टिक तत्वको कमीलाई पुरा गर्ने काम गर्छ ।
  • शरीरलाई डिटक्स गर्ने काम गर्छ, जसले गर्दा शरीरमा नयाँ खालको चमक देखिन थाल्छ ।
  • भिटामिन सी, ए, के, बी तथा ई जस्ता तत्वले बुढ्यौली हुन रोक्छ । साथै छाला कसिलो बन्ने भएकाले लामो समय जवान देखिन सकिन्छ ।
  • यस जुसलाई पिउँदा कपाल पनि स्वस्थ हुन्छ किनकि यसमा आइरन, इलेक्ट्रोलाइट्स तथा पोटाशियम पाइन्छ । जसले गर्दा कपाल लामो, बाक्लो र बलियो हुन्छ ।
  • सबैभन्दा महत्वपूर्ण यो जुस नियमित पिउने गरेमा तौल कम हुन्छ । कम क्यालोरी र फाइबर धेरै भएकाले यो जुस पिउँदा भोक लागिराख्ने समस्या हुँदैन । जसले गर्दा तपाईं अस्वस्थकर खानेकुराबाट बच्नुहुन्छ ।
  • फाइबरको मात्रा राम्रो हुने भएकाले पाचनक्रिया राम्रो हुन्छ । कब्जियत, अपच जस्ता समस्या टाढै रहन्छन् ।
  • एबीसी जुसले ब्लडमा भएको कोलेस्ट्रोललाई पनि कम गर्छ जसले गर्दा रक्तचाप सन्तुलनमा रहन्छ । त्यसैले मुटु सम्बन्धी रोग टाढै भाग्छन् ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित