चक्कर किन लाग्छ ? यस्तो छ घरेलु उपचार

चक्कर लाग्नु आम समस्या हो । कहिले कहिं चक्कर लाग्नु सामन्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा चक्कर लाग्न सक्छ । तर, पटक पटक चक्कर लाग्छ भने त्यसलाई सामन्य रुपमा लिनु हुँदैन ।

चक्कर किन आउँछ ?

  • चक्कर लाग्नुको प्रमुख कारणमा रगतमा शुगरको स्तरमाच गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदि हुन् ।
  • अत्याधिक मानसिक वा शारीरिक परिश्रमबाट उत्पन्न थकान, मानसिक तनाव, भय, टाउकोमा चोट, मुटुमा अवरोध, असामन्य हृदयको धड्कन, कानमा भाइरल संक्रमण, आँखाको कमजोरी जस्ता कारणले पनि चक्कर लाग्न सक्छ ।
  • मस्तिष्कमा रगतको कमी, नसा फुट्नु, ब्रेम ह्म्याब्रेज, ब्रेन ट्युमर, खाद्य पदार्थ, औषधीको एलर्जी, माइग्रेन, शारीरिक दुर्बलता, मादक पदार्थ वा नसालु चिजको सेवनले पनि चक्कर लाग्छ ।
  • गर्भावस्थामा निम्न रक्तचाप, थाइराइड, मासिक धर्मको कारणले चक्कर लाग्छ ।
  • वान्ता, कब्जियत, ज्वरो जस्ता कारणले चक्कर लाग्छ ।
  • शरीरमा नुनको मात्रा कम हुँदा चक्कर लाग्छ ।
  • गर्भवती महिलामा रगतको कमीले चक्कर लाग्छ ।

चक्कर लाग्ने लक्षण

  • टाउको चर्कनु, शरीर अनियन्त्रित भएको अनुभूति, आँखा धमिलो देख्नु, अध्याँरो छाउनु, अनुहार फिका हुनु, शरीर चिसो हुनु ।
  • शारीरिक कमजोरी महसुष हुनु, चक्कर लागेर लड्नु, वान्ता हुनु, बोल्नुमा कठिनाइ हुनु आदि ।

के छ घरेलु उपचार ?

  • घिउमा ५० ग्राम किसमिस हल्का आँचमा पकाएर स्वाद अनुसार नुन मिसाउने । त्यसलाई दिनमा तीन पटक सेवन गर्नुपर्छ ।
  • एक चम्चा तुलसीको रसमा २ वटा मरिच पिसेर विहान विहान सेवन गर्नुपर्छ ।
  • यदि तपाईलाई गर्मीको कारणले चक्कर लागेको छ भने अमला र दाना धनिया पिसेर एक रात पानीमा भिज्न दिने । बिहान यसलाई छानेर पिउनुपर्छ ।
  • बदामलाई मिश्रीमा मिसाएर काँचो दुधमा खाली पेट सेवन गर्नुपर्छ ।

के खाने ?

  • सात्विक, सुपाच्य भोजन समयमै गर्ने ।
  • कमजोरीले चक्कर लागेको छ भने एक कप पानी वा दुधमा एक चम्चा ग्लुकोज घोलेर पिउने ।
  • अमलाको सर्वत पिउने ।
  • धेरै मसलेदार, चिल्लो खानेकुरा सेवन नगर्ने ।
  • एलोपेथिक औषधी आफुखुसी सेवन नगर्ने ।
  • हरेक दिन ७ गिलास पानी पिउनुहोस् ।

चक्कर लाग्छ भने के गर्ने ?

  • पटक-पटक चक्कर आउँछ भने घर बाहिर एक्लै नहिँड्नहोस् । अग्ला-होचो, अध्याँरो स्थानमा हिँडडुल नगर्नुहोस् ।
  • चक्कर आउनसाथ आरमसाथ बस्नुहोस् । सुविधा हुनसाथ ओछ्यानमा सुत्नुहोस् । आँखा बन्द गर्नुहोस् ।
  • निदाउने कोसिस गर्नुहोस् । पर्याप्त निन्द्रा लिनुहोस् ।
  • नियमित रुपले व्यायाम, योगासन गर्नुहोस् ।
  • चक्कर आयो भने विस्तारै विस्तारै गहिरो सास लिनुहोस् ।
  • चिया, चुरोटको सेवन नगरौं ।
  • मोटरसाइकल, गाडी, स्कुटर नचलाउने ।
  • चक्कर आउनसाथ कुनै शारीरिक गतिविधि नगर्नुहोस् । किनभने त्यसले उच्च रक्तचाप बढ्छ ।

लेखकको बारेमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित